
भोजपुर । संविधान र लोकतन्त्रको पक्षधरहरुका बीचमा पुन: गोलमेच हुन जरुरी रहेको माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदन किरातीले बताउनु भएको छ ।
२०८१ सालका नेपाली चाडपर्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भोजपुरले आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा आफनो धारणा राख्नु हुदै संघीय सांसद समेत रहनु भएका किरातीले अस्तित्वमा रहेको शक्तिहरु एकजुट भएर लोकतन्त्र र संबिधान मान्य बनाउने बिषयमा गोलमेच गर्न जरुरी रहेको बताउनुभयो । हरेक संकटहरु मिलेर समाधान भएको स्मरण गर्दे किरातीले २००७ साल पछिका हरेक परिवर्तनहरु सवै मिलेर यहाँसम्म आएको भन्दै पुन सबै शक्ति संकट समाधानमा एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले नजिकिएका सवै चाडपर्वहरुको शुभकामना दिनु हुदै सांस्कृति, सामाजिक बिविधता कायम राख्दै देखिएका विकृति विसंगति हटाउँदै लानु पर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रम्ुख कमल थुलुङ राई, भोजपुर नगरपालिका प्रमुख कैलाश कुमार आले, रामप्रसाद राई गाउँपालिका अध्यक्ष थाम बहादुर राई, कांग्रेस जिल्ला सचिव चक्र बहादुर कार्की, एमाले सचिव एक्सन राई, एकीकृत समाजवादी सचिव ममिता राई, जनता समाजवादी पार्टीका उपाध्यक्ष शाहीमान राई, आदिवासी जनजाति अगुवा बिदुर राई, जिल्लाका बरिष्ठ पत्रकार निरोज कोइराला, अन्तर पार्टी महिला सञ्जाल अध्यक्ष मञ्जु राई लगायतले शुभकामना दिनु हुदै धर्म निरपेक्ष मुलुक भएकाले सवैको धर्म, संस्कार, संस्कृतिलाई सम्मान गर्दै अगाडी बढन आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच