जिल्ला अस्पताललाई नौ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण
Read Time = 3 mins
भोजपुर । जिल्ला अस्पताल भोजपुरलाई नौ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य मन्त्रालय मार्फत प्राप्त बिभिन्न स्वास्थ्यसँग सम्वन्धित सामाग्रीहरु जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर शिवजी रिजाललाई मंगलवार हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस भोजपुरका जिल्ला सचिव सफल किराँतले आफनो पहलमा मन्त्रालय मार्फत ल्याएको सामाग्रीहरु अस्पताललाई हस्तान्तरण गर्नु भएको हो ।
नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन ती स्वास्थ्य उपकरण सहितका सामाग्रीहरु आफनो पहलमा भोजपुरमा ल्याएको किराँतले बताउनुभयो । किराँतले भन्नुभयो, “दुर्गम जिल्लाका स्वास्थ्य संस्थाहरुमा देखिने समस्याहरु निराकरण गरी नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्धेश्यले मैले पहल गरेको हूँ ।” अस्पताललाई हस्तान्तरण गरिएका सामाग्रीहरुमा टोकन मेशिन सहितका स्वास्थ्य सामाग्रीहरु रहेका छन् ।
प्राप्त सामाग्रीले जिल्ला अस्पतालको सेवा प्रभावमा मद्धत मिल्ने बताउँदै पार्टी सचिव किराँतले आगामी दिनमा पनि नागरिकका लागि यस्ता कार्यहरु निरन्तर गर्ने प्रतिबद्धता जनाउनुभयो ।
हस्तान्तरित स्वास्थ्य सामाग्रीहरु बुझ्दैअस्पताल प्रमुख डाक्टर रिजालले प्राप्त भएका स्वास्थ्य सामाग्रीहरु महत्वपूर्ण हुने बताउनुभयो ।
“नागरिकको स्वास्थ्यका लागि यी सामाग्रीहरुले सहयोगी बनेको छ, ब्यक्तिको पहलमा आएका यस्ता सामाग्रीहरुले सेवाग्राहीमा पनि उत्साह थप्छ ।” प्रमुख डाक्टर रिजालले भन्नुभयो ।
किराँतको पहलमा आएको २३ लाख बढीको स्वास्थ्य सामाग्रीहरु यस अघि नै भोजपुर नगरपालिकालाई हस्तान्तरण गरि सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







Breaking news with related posts