सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा आज वीपी पुस्तकालय स्थापना गरिएको छ ।
ईश्वरपुर नगरपालिका र केशर पुस्तकालय काठमाडौंको सहकार्यमा बयलवासस्थित साबिक नगरपालिका कार्यालयको भवनमा पुस्तकालय स्थापना गरिएको हो ।
आज औपचारिक उद्घाटन गरिएको पुस्तकालयको संचालन भने छठपछि हुने बताइएको छ । पुस्तकालयको ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यको अध्यक्षता तथा केशर पुस्तकालयका प्रमुख सुरेशकुमार यादवको प्रमुख आतिथ्यतामा पुस्तकालयको औपचारिक उद्घाटन गरिएको हो ।
कार्यक्रममा विश्वेश्वर प्रसाद कोइरालाका समकालीन नेता वाशुदेवशरण कोइराला, उपमेयर रन्जितादेवी चौधरी, विभिन्न पार्टीका नगरप्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिलगायत सहभागी हुनुभएको थियो ।







Breaking news with related posts