विकसित मुलुक अमेरिका घुम्नु आफैंमा सौभाग्य हो । महिनामा हजारौं नागरिकले भिसाका लागि निवेदन दिन्छन् तर थोरैले मात्र अनुमतिपत्र (भिसा) पाउँछन् । नेपालस्थित अमेरिकी दूताबासको अन्तरवार्ता लिने प्रचलन अरू राष्ट्रको जस्तो छैन, भिन्दै छ । व्यक्तित्व, कृतित्व र व्यक्तिप्रतिको भरोसाका आधारमा अनुमतिपत्र (भिसा) दिने गर्दछ । अमेरिका यो मेरो दोस्रो पटकको भ्रमण हो । सन् २०१८ मा नेपाल फिल्मी सोसाइटीमा भाग लिन भनी अभिनेता कृष्ण मल्ल र शिव श्रेष्ठसँग कोलोराडो पुगेको थिए । कीर्तिपुरमा सँगै डिग्री पढ्दाका साथी मुकुन्द ढुंगानाले यो काममा सघाएका थिए । उनी लसएन्जलसमा बस्छन् । यसपटक टेक्सास राज्यको ठूलो बस्ती डालसका लागि हवाई टिकट काटेँ ।
विगत २५ वर्षदेखि कान्छो सालो जयविन्द खनाल (राजन) त्यहाँ बस्दै आएका छन् । सुदूरपश्चिमवासीको ठूलै समुदाय त्यहाँ बस्ने भएकोले गौरापर्वमा प्रमुख अथिति बनेर जाँदा हार्दिकता पाउनु पनि स्वाभाविकै हो । डालसस्थित शिव, राधाकृष्ण मन्दिर र राजधानी अष्ट्रिनस्थित शिव मन्दिरमा त्यहाँ बस्ने नरनारीहरूले मनाएको गौरापर्वमा सम्मिलित हुनपाउँदा खुशी लाग्यो । यसैगरी उइसक्यान्सीको विष्णु शिव मन्दिरमा पनि गौरा पर्वमा प्रमुख अथितिका रूपमा त्यहाँ बसोवास गर्ने संस्कृतिकर्मीले बोलाए । डालसमा जस्तै त्यहाँ पनि देउडा गाएर ठूलो माया पाएँ ।
अमेरिका यस्तो मुलुक रहेछ, जहाँ ससाना विषयवस्तुलाई पनि ध्यान दिएर अध्ययन गर्छ । राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा गतिलो भरपर्दो अड्डा जमाएर बसेको अमेरिका प्रयोगवादी मुलुक पनि हो । जता जाऊँ चौडा सडक गगनचुम्बी भवन, हरेक घरमा हरियाली रूख र चौरहरू देखिन्छन् ।
अमेरिका यस्तो मुलुक रहेछ, जहाँ ससाना विषयवस्तुलाई पनि ध्यान दिएर अध्ययन गर्छ । राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा गतिलो भरपर्दो अड्डा जमाएर बसेको अमेरिका प्रयोगवादी मुलुक पनि हो । जता जाऊँ चौडा सडक गगनचुम्बी भवनहरू, हरेक घरमा हरियाली रूख र चौरहरू देखिन्छन् । प्रत्येक मानिसले सवारीसाधनमा गाडीको प्रयोग गर्छन् । गाडी बायाँतर्फबाट चलाउने नियम रहेछ । गाडीमा कम्प्युटर जडान गरेकाले हाम्रो गन्तव्य कुन ठाउँमा हो, कम्प्युटरले आफैं बताइदिने हुँदा सवारी चलाउन सजिलो छ तर अंग्रेजी बुझ्नु अनिवार्य छ । देशका प्रबुद्ध वर्गहरू, महत्वपूर्ण कलकारखानालगायत भावी पिँढीका लागि शिक्षा दिने संग्रहालय सुरक्षित रूपमा रहेको पाइन्छ अमेरिकामा ।
जोन एफ क्यानडी संग्रहालय :
क्यानेडी अमेरिकाका पूर्वराष्ट्रपति हुन् । टेक्सास राज्यको डाउनटाउन शहरमा उनको हत्या गरियो । हत्या गर्ने व्यक्ति रुस समर्थक एकजना सैनिक थिए । उनले क्यानेडीको हत्या गरेका रहेछन् । राजनको घर औब्रेरी टेक्सबाट दुई घण्टाको यात्रापछि हामी सो शहरमा पुग्यौँ । त्यहाँ पुग्दा दिनको १२ बजेको थियो । पार्किङको समस्या ठूलै छ त्यो मुलुकमा बाहिर क्यानेडीको ठूलो समाधीस्थल छ । चिल्लो सिंहमर्मर मिश्रित गारोले सामाधि घेरेको छ । सँगै रातो बिल्डिङ छ सो अग्लो घरको टुप्पोमा घण्टाघर छ, समयको सूचना दिइरहेको छ ।
अलि परतिर पाँत तले रातो भवन छ । टिकट काटेरभित्र प्रवेश गर्यौँ साला भिना । हरेक तलाका भित्तामा क्यानेडीका बारे लेखेका बुकलेट छन् । माथिल्लो तलामा उनका बारे बृत्तचित्र देखाइएको छ । अमेरिकामा सर्वाधिक लोकप्रिय राष्ट्रपतिका रूपमा वर्णित अंग्रजीमा बताइएको बृत्तचित्र हेरेँ । उनले महिला र बालबालिकाका पक्षमा बोलेका कुराहरू अमेरिकनहरूले दिलैदेखि मन पराएर ताली दिइरहेका थिए । प्रत्येक कोठामा बालकदेखि वृद्धसम्मका विभिन्न राज्यबाट आएका दर्शकहरूको भीड थियो । कतिपय ठाउँमा तस्वीर लियौँ ।
संसदमा उनले बोलेका ठाउँकोे रोस्टममा उभिएर हामी दुबैले तस्वीर लियौँ । बाहिर मौसम सफा थियो मन्दमन्द चलेको हावाले हरियाली रूखका पातहरू नाचिरहेका देखिन्थे । संग्रहालयको पश्चिमतिरको आकर्षक पुलमा चिल्ला सयौं गाडीहरू ओहोरदोहोर गरिरहेका देखिन्थे । चार तलाका ती आकाशे पुलमा प्रत्येक मिनेटमा सयौं गाडीहरू गन्तव्यमा कुदिरहेका दृश्य पनि हेर्न लायक थियो । सिस्टममा चलेको मुलुकमा हरेक व्यक्ति आआफ्ना काममा सजक र इमानदार देखिन्छन् ।
अमेरिकी पुराना मोटरसाइकल म्युजियम :
उइसक्यान्सिन राज्यको राजधानी म्याडिसनभन्दा केही टाढाको शहरमा मोटरसाइकलसम्बन्धी आकर्षक संग्रहालय रहेछ । राजु ओझा, डिल्लीराज फुलारा र पंक्तिकार यो ऐतिहासिक संग्रहालय दृश्यावलोकनका लागि गयौं । नजिकै एट्लान्टिक महासागर देखिन्थ्यो । पुराना पन्डुब्बी टोपहरू समुद्री किनारामा राखेका देखिन्थ्ये । हामीले संग्रहालयमा राखिएका सन् १९२४ देखि वर्तमानसम्मका हरक मोडेलका मोटरसाइकल सजाएका देख्यौं । सन् १९२४ मा निर्मित मोटरसाइकल त साइकल जस्तै रहेछ । चार तलाको सोभवनमा पनि अवलोकनकर्ताको उपस्थिति बाक्लो थियो । भिडियो खिच्न मनाही थियो, अडियो खिच्न भने अनुमति थियो । अग्ला मोटा गोरा अमेरिकन सुरक्षाकर्मी राइफल लिएर उभिएका देखिन्थ्ये । मनमा कति कठोरता छ थाहा छैन, बाहिर भने मिजासिला थिए हाई भन्थ्ये, हाई भन्नेलाई ।
कस्ता कस्ता अनौठा मोटरसाइकल सुरक्षित तवरले राखेका देखिन्थ्ये । जमानालाई चिनाउने ती बाहनको मूल्य पनि त्यसैमा तोकिएको थियो । कुनै साइकल जस्ता त कुनै हाल युवाहरूले चलाउने भटभटे जस्ता । बाहिर पनि सोको नमुनाका शालिक भवनको दायाँबायाँ किनारामा राखेको देखिन्थ्ये । इतिहासलाई अमेरिकी सरकारले बचाएर राख्न जानेको छ । हरेक विषयवस्तुलाई सूक्ष्म तवरले अध्ययन गर्न अभ्यस्त भएका अमेरिकीहरू पढ्ने, हेर्ने संस्कृतिका अनुयायी रहेछन् । संग्रहालयको अवलोकनपछि एट्लान्टिक महासागरको किनारामा संयुक्त तस्वीर खिच्यौँ । यहाँबाट सिकागो शहर देखिन्छ भन्दै थिए राजु र डिल्ली पानीनहाज कतै जानकोलागि ठीक पर्दै थिए । किनारामा सन्ध्याकालीन संगीत देखाउनका लागि संगीतकर्मीहरू आवश्यक काममा जुटिरहेका देखिन्थ्ये ।
कार्बल हाउस संग्रहालय :
मोहनकृष्ण श्रेष्ठ र शिवकृष्ण श्रेष्ठ सहोदर दाजुभाइ हुन् । हेटौंडामा जन्मेका यी दाजुभाइको सम्बन्ध रामलक्ष्मणको जस्तै रहेछ । विगत २० वर्षदेखि भाइ शिवकृष्ण श्रेष्ठ बोस्टनस्थित नर्थ डार्टमुथ भन्ने ठाउँमा भव्य घर किनेर बसेका रहेछन् । बहिनी अन्जु पनि पाहुना पाल्नमा निकै अभिरुचि राख्ने रहिछन् । हामी शिवकृष्ण श्रेष्ठको घरमा पाहुना लाग्न गयौं । सिमसिम पानी परेको २ दिन भएको थियो । जाडो बढिरहेको थियो । हामी नायक कृष्ण मल्ल, नायिका शर्मिला मल्ल, बसुन्धरा भुसाल, नायक रवीन्द्र खड्का, डा.घनश्याम खतिवडा, कार्यक्रम प्रस्तोता सञ्जीव क्षेत्री र पंक्तिकार दुई दिनसम्म उहाँकै घरमा मीठोमीठो खानेकुरा खाएर बास बस्यौं ।
मार्बल हाउसमा फुलेका रंगीविरंगी फूलहरू लोभलाग्दा देखिन्छन् । दक्षिणतिर सानो तर आकर्षक भवन छ, चाइनिज भवन आकारको । जहाँ पाहुनाहरूका लागि चाइनिज चिया र खानेकुरा खान पाइने रहेछ । मार्बल भवन र सो चाइनिज चिया हाउसको मुन्तिर एट्लान्टिक सागर मस्तीसँग सुतिरहेकोे छ ।
एक महिना पहिलेदेखि साली अरुणाले एसिटी टिभीमा हाम्रो बारे लिने भनिएको अन्तर्वार्ता, भेटवार्ता समय अभावका कारण रोकियो । दुई घण्टाको यात्रापछि हामी मार्बल हाउस संग्रहालय पुग्यौँ । पानी रोकिएको छैन, जाडो बढिरहेको छ । मार्बल हाउसको सुन्दर आँगनीमा पुग्दा नयाँनयाँ जोश, कौतुहलताले मन रोमाञ्चित भयो । चार तलाको सो सुन्दर भवन सन् १८८८ देखि सन १८९२ को बीचमा निर्माण भएको रहेछ ।
आफ्ना पति इलियाम किसम भन्डरविल्टको सम्झना गर्दै आफ्नो ३९ औं जन्मदिवस पारेर श्रीमत अल्भा भन्डरविल्टले ११ मिलियन डलर खर्चेर बनाएकी रहिछन् । अमेरिकाभरि नै चर्चा कमाएको सो संग्रहालय सन् १९३२ मा श्रीमती भन्डर विल्टले फेड्रिक प्रिन्स नामक धनी व्यक्तिलाई बिक्री गरेकी रहिछिन् । यी कुराको जानकारी त्यहाँ वितरित पर्चामा उल्लेख गरिएको छ । अध्ययनका लागि साथमै लिएर आएको छु ।
नेपालमा सिंहदरबारभन्दा आकर्षक सो मार्बल भवनभित्र १३ वटा ठूलठूला रत्न जडित कोठाहरू सजाएर राखेका देखिन्छन् । सुत्ने कोठा, बैठक कोठा, मनोरञ्जन र संगीत कोठा, पुस्तकालय, शुभबिहानी कोठा, सुनका कोठालगायत कोठामा महँगा बत्तीहरूको प्रकाशले सिंहमर्मर चम्किरहेका देखिन्छन् । दिनमा सयौं पर्यटक दृश्यवलोकनका लागि आउने रहेछन् । भिडियो खिच्न नपाउने तर तस्वीर खिच्न भने पाउने नियम यहाँ पनि रहेछ । भित्र प्रवेश गर्ने र बाहिर निस्कने ढोका भिन्नै छन् । विनम्रतापूर्वक स्वागत र बिदाई गर्ने चलनले यो मन पुनः सो मार्बल भवनतिर नै घुमिरहुँ जस्तो लाग्छ । २० जना कर्मचारी सेवारत रहेको जानकारी दिइन् एकजना महिला कर्मचारीले ।
मार्बल हाउसमा फुलेका रंगीविरंगी फूलहरू लोभलाग्दा देखिन्छन् । दक्षिणतिर सानो तर आकर्षक भवन छ, चाइनिज भवन आकारको । जहाँ पाहूनाहरूका लागि चाइनिज चिया र खानेकुरा खान पाइने रहेछ । मार्बल भवन र सो चाइनिज चिया हाउसको मुन्तिर एट्लान्टिक सागर मस्तीसँग सुतिरहेकोे छ । सुनसान छ सागर, छाल पनि हानेको देखिँदैन, ज्वारभाटा आएको, हृवेलमाछा र माछाहरू पौडिरहेको कहिँ कतै देखिँदैन । हामी सबैले धोको पुग्ने गरी त्यहाँको दृश्य अवलोकन ग¥यौँ, मोबाइलमा तस्वीरहरू कैद गर्यौँ । दुई घण्टा लामो समय बितेको पत्तै भएन । १६/१८ वर्षदेखि ८०/८५ वर्षसम्मका पर्यटकको दिनहुँ घुइँचो लाग्दोरहेछ त्यहाँ ।
अमेरिकी नागरिकहरू चाहिनेभन्दा बढी बोल्दैनन् बोल्दाखेरि अरूलाई असर नपर्ने गरी सानो स्वरमा बोल्ने तिनीहरूको बानी मलाई मन पर्यो । आफ्नो देशको इतिहासबारे जति सचेत छन् त्यति नै सचेत सन् २००१ सेप्टेम्बर ११ मा न्यूयोर्कस्थित टुइन टावरमा हमला गरकोे देखिरहेछन् जस्तो लाग्यो मलाई । आफू सुरक्षित रहन र अरूलाई पनि सुरक्षित रहनका लागि समयसमयमा नगरले सूचना जारी गर्दो रहेछ । हाम्रो देशमा पनि धेरै विषयका संग्रहालय निर्माण गरिनु जरुरी छ । प्रजातन्त्र ल्याउनमा आहुती दिएका अमर शहीदको सम्झना गर्दै शहीद गेटमा निर्मित शालिक जस्तै देशभरि नै प्रजातन्त्र लोकतन्त्रका लागि प्राण आहुती दिने महामनाको सम्झनामा शालिक र संग्रहालय बनाउनु जरुरी छ । नाम मात्रको राजधानीस्थित छाउनी संग्रहालयलाई बढाउनु पनि आवश्यक देखिन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा