काठमाडौं । कात्तिक १५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारंगी’को नयाँ गीत ‘मैजारो’ सार्वजनिक भएको छ । प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा गन्धर्व समुदायको प्रेम, वियोग, विछोड र पीडालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोमा प्रमुख कलाकार विजय बराल (पूर्ण बहादुर), अञ्जना बराइली र बालकलाकार स्वायम् केसीलाई फिचरिङ गरिएको छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।
सेभेन सिज र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुनुहुन्छ भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहनुभएको छ ।
प्रशान्त शिवाकोटीले चलचित्रमा संगीत दिनुभएको छ, जसमा हेमन्त कान्छा रसाइलीको सारंगी र प्रशान्त शिवाकोटी, मेलिना राई तथा पुष्पन प्रधानको स्वर रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता