काठमाडौं । नेपालले प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्सको उसुमा चार स्वर्ण जितेको छ । नेपालले थप पाँच रजत र एक कांस्य पनि जितेको नेपाली टोलीका प्रशिक्षक राजीव महर्जनले जानकारी गराउनुभयो ।
बंगलादेशको ढाकामा भएको प्रतियोगितामा ममता सुनुवार राईले दोहोरो स्वर्ण जित्नुभएको थियो । ममताले महिला नान छ्वान र नान ताउमा स्वर्ण जित्नुभएको हो । पुरुष ४८ केजीमुनि विराज सुनार तथा ५६ केजीमुनि निश्चल तामाङले स्वर्ण जित्नुभएको थियो ।
त्यस्तै पुरुष ६५ केजीमुनि सौगात चन्द, महिला ४८ केजीमुनि अनिता तामाङ, महिला ५६ केजीमुनि मञ्जरी राई, महिला थाइची छ्वानमा प्राथना नेपाल र महिला ५२ केजीमुनि सुभांगीराज्यलक्ष्मी गौतमले रजत जित्नुभएको थियो । रुफस केसीले पुरुष थाइची छ्वानमा कांस्य हात पार्नुभयो ।
सोही प्रतियोगितमा सहभागी तेक्वान्दो टोलीले दुई स्वर्ण, चार रजत र आठ कांस्य जितेको छ । महिला ६८ केजीमुनि ऋशिका बुढाथोकी तथा पुम्सेको महिला जोडीमा ऋशिका र युनिशा निरौलाले पहिलो स्थान हात पार्नुभयो ।
पुरुष ४५ केजीमुनि आदित्य पराजुली, पुरुष ६८ केजीमुनि पंकज विक, महिला ४२ केजीमुनि इच्छा विष्ट र महिला एकल पुम्सेमा ऋषिकाले रजत पदक जित्नुभएको थियो ।
पुरुष ४८ केजीमुनि दीपन सापकोटा, ४२ केजीमुनि युनिशा निरौला, महिला ५२ केजीमुनि सन्ध्याकुमारी पासवान, पुरुष एकल पुम्सेमा सुभम् पोखरेल र पंकज विक, महिला एकल पुम्सेमा आदित्य ढकाल, पुरुष जोडी पुम्सेमा आदित्य पराजुली र सुभम् पोखरेल तथा पुम्से महिला जोडीमा इच्छा विष्ट र आदित्य ढकालले कांस्य जित्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा