हत्या गरी गाडेको आशंका गरिएको ठाउँबाट लुगा र दाउ बरामद

राजेन्द्र गौतम झापा, संवाददाता
राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 3 mins

झापा । चार महिना अघिदेखि बेपत्ता भएका झापा बाह्रदशी गाउँपालिका-५ फुलबारीका राजेश ठाकुर (हजाम) को हत्या गरी गाडेको आशंका गरिएको ठाउँ उत्खनन गरेर झापा प्रहरीले उनले त्यसबेला लगाएको लुगा, एउटा धारिलो हतियार (दाउ) नुन पोको पार्न प्रयोग गरिएको केही प्लास्टिक बरामद गरेको छ ।

झापाका प्रहरी प्रवक्ता कृष्ण चन्दले घटनाको विषयमा सूचना आएको प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, " हाम्रो टोली परिचालित भएको छ, केही व्यक्तिसँग सोधपुछ पनि भएको छ तर सामाजिक सञ्जाल र बाहिर आए जस्तो होइन । उहाँले अनुसन्धान भइरहेको विषयमा यहाँभन्दा बढी बताउन आफूले नसक्ने र केही भए मिडियालाई यथार्थ जानकारी गराउने बताउनुभयो ।

राजेशको हत्या गरि गाडेको आशंकामा उनका छिमेकी गणेश राजवंशी र उनकी भाउजु मुना मेचे राजवंशीको घरआँगनको शंकास्पद स्थान बिहीबार साँझ प्रहरीले उत्खनन् गरेको छ । तर, हत्या गरिएको आशंका गरिएका राजेशको शव फेला परेको छैन ।

ADVERTISEMENT

मुना र गणेशले राजेशलाई हत्या गरेर गाडेको सूचना मुनाका नाता पर्ने छिमेकी नरेशले चुहाएपछि प्रहरीले सो स्थानमा उत्खनन् थालेको हो । राजेशको शव गाड्ने काममा आफूले पनि सहयोग गरेको नरेशले स्वीकार गरेको बताइएको छ ।

मुना र नरेशसँग प्रहरीले सोधपुछ गरिरहेको बताएको छ । यद्यपि, नरेशले त्यो कुरा स्वीकार गरेका हुन् या होइनन् प्रहरीले आधिकारिक भनाइ सार्वजनिक गरेको छैन । घटनामा संलग्न भएको भनिएका गणेश अहिले वैदेशिक रजगारीको सिलसिलामा दुबईमा रहेको बुझिएको छ । घटना गराएर उनी विदेश गएको हुनसक्ने आशंका गरिएको छ ।

मुनाका श्रीमान अभय राजवंशी भने वैदेशिक रोजगारीको सिलसिलामा पहिलादेखि नै साउदी अरबमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *