काठमाडौं । इन्फिनिक्स स्मार्टफोन ब्राण्डले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी ‘इन्फिनिक्स दशैँ धमाका’ अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले भेस्पा एलिगेन्ट १५० स्कुटर, स्मार्टफोन र अन्य आकर्षक पुरस्कार जित्ने अवसर रहेको छ ।
अफर २७ सेप्टेम्बरदेखि ३ नोभेम्बर २०२४ सम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अफर अवधि समाप्तिपछि एक भाग्यशाली विजेतालाई एक स्टाइलिस भेस्पा एलिगेन्ट १५० स्कुटर बम्पर पुरस्कारका रूपमा दिइनेछ भने प्रत्येक दिन ‘दैनिक राफल’ ड्रमार्फत् एकजना ग्राहकले नयाँ इन्फिनिक्स हट ४० आई स्मार्टफोन जित्न सक्नेछन् ।
इन्फिनिक्स स्मार्टफोन खरिद गर्नेलाई सय दिनको स्क्रिन प्रतिस्थापन ग्यारेन्टीसमेत रहेको छ । इन्फिनिक्स स्मार्टफोन खरिद गर्ने ग्राहकले ‘स्पिन एण्ड विन हिृवल’ मार्फत् रोमाञ्चक पुरस्कार जित्ने मौका पाउने बताइएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts