
काठमाडौं । आज (शुक्रबार)देखि काठमाडौंमा एसिया रग्बी खेल हुँदैछ । नेपालमा हुने एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ मा सहभागी हुन विदेशी टोली काठमाडौं आइपुगेका छन् । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा यो प्रतियोगिता असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।
एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा एसिया रग्बी पुरुष तथा पुरुष सेभेन्स गरी दुई विधामा प्रतियोगिता आयोजना हुनेछ । नेपालमा एसियालीस्तरको सिनियर रग्बी प्रतियोगिता हुन लागेको यो पहिलोपटक हो । नेपालले यसअघि सन् २०२२ मा एसिया रग्बी यू-१८ र सन् २०२३ मा एसिया यू-२० रग्बीको सफल आयोजना गरिसकेको छ ।
उमेर समूहको दुई प्रतियोगिताको सफल आयोजनापछि नेपाल रग्बी संघले एसियाली रग्बीको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो । नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगितामा आयोजक नेपालसहित एसियाका १६ वटा देशको सहभागिता रहने जानकारी दिनुभयो ।
देवकोटाले पुरुष रग्बी सेभेन्सतर्फ १४ टिम र महिला रग्बी सेभेन्समा सात टिमले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो । अध्यक्ष देवकोटाका अनुसार प्रतियोगितामा एसियाका ४५० भन्दा धेरै खेलाडी तथा अफिसियल सहभागी हुनेछन् ।
प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । दुईदिने प्रतियोगितामा एसियाली रग्बीका बलिया टोलीसमेत सहभागी हुनेछन् ।
पुरुषतर्फ अफगानिस्तान, बहराइन, बंगलादेश, चाइनिज ताइपेई, भारत, जोर्डन, काजखस्तान, नेपाल, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेबिया, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै महिलातर्फ आयोजक नेपालसहित ग्वाम, भारत, इण्डोनेसिया, इरान, फिलिपिन्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि सुरुमा एसिया गर्वी सेभेन्स च्यालेन्ज र एसिया गर्वी सेभेन्स ट्रफी गरी दुई छुट्टाछुट्टै प्रतियोगिता गर्ने तयारी थियो । तर, केही टिमले नाम फिर्ता लिएपछि प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक बनाउन दुवै प्रतियोगितालाई मर्ज गरेर एसिया रग्बी सेभेन्स ट्रफी एउटै प्रतियोगिता गर्न लागिएको एसिया रग्बीले जनाएको छ । एकै प्रतियोगिता हुने भएपछि पुरुषतर्फ १२ बाट बढेर १४ टिम सहभागी हुन लागेको हो ।
यस प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहनेछ । काठमाडौंमा हुने एसिया रग्बी सेभेन्स ट्रफीको महिला र पुरुषतर्फको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउनेछन् । जसले गर्दा यो प्रतियोगिता अझ बढी प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । आज (शुक्रबार)देखि सुरु हुने प्रतियोगितामा प्रत्येक दिन ३० वटा खेल आयोजना हुने आयोजकले जानकारी दिएको छ । यस प्रतियोगितामा करिब दुई करोड १० लाख लागत लाग्ने अनुमान गरिएको संघले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच