✍️ तेजप्रकाश बानियाँ
पुरानो दोस्ती कृपजका लेखक मोहन कार्कीको निमन्त्रणा आयो । आखिर कार्यक्रम के हो त ? प्रश्न गरेँ, उनको पुस्तक विमोचन रहेछ । पहिलादेखि समयलाई ध्यान दिने बानी, ठीक ११ बजे प्रज्ञामा पुगेँ । चहलपहल कमै देखियो । सोधखोज गर्र्र्र्दै सम्बन्धित हलमा प्रवेश गरेँ । लेखक मोहन र अरू दुई÷चारजना अपरिचितलाई देखियो । पहिला त मोहनसँग नमस्कार साटासाट गरियो । राट्रियसभाका उपसभामुखको प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त कार्यक्रम नेपाली प्रथा अनुसार डेढ घण्टापश्चात समयमै सुरु भयो ।
उक्त दिन भव्य सांगितिक समारोहबीच विमोचित कृषि, पर्यटन र जल विद्युतबाट देशलाई कसरी समृद्ध पार्नेसम्बन्धी पुस्तक ‘कृपज’ मेरो हात प¥यो । अद्योपान्त अध्ययन गरेँ । अन्तर्वस्तुको बारेमा भन्नुपर्दा लेखकले विश्वव्यापी रूपमा हलचल मच्चिएको २१औं शताब्दीको उत्तराद्र्ध समाप्त हुन लाग्दा पनि नेपालमा विद्यमान, अशिक्षा, बेरोजगार, गिरिबी पछौटेपन, अन्तर्राष्टिय निर्भरता, श्रमशक्तिले खेप्नुपरेको अन्तर्राष्ट्रिय दासता, वैदेशिक ऋणमा देश चुर्लुंम डुबेर भर्खर धर्ती टेक्ने अबोध बालकले लाखौंको ऋणभार बोकेर जन्मन्छ भने उसका बाबुबाजेले लगाइदिएको ऋणको त के कुरा ?
अमन्त्र अक्षरै नास्ति नास्ति मूल मनौषधम् । अर्थ हाम्रो देवनागरीमा मन्त्र नभएको कुनै अक्षर छैन, त्यसै गरी वन जंगल पाखामा औषधि नभएकोे झार पात, रूख, बोटबिरुवा, छैन परन्तु हामीले पहिचान गर्न सक्नुपर्छ । यसै जडिबुटीलाई पहिचान गरेर नाकानाकाबाट चोरी-निकासी गरेर कौडीको भाउमा विदेश जान्छ ।
यस्तो स्थितिबाट देशलाई समृद्धितिर उन्मुख गरी विकृति हटाउनेतर्फ कुनै पनि नेताको ध्यान नगएको देखेर यसका मूल कारण के के हुन् त ? आखिर नेपाल पनि पृथ्वीको एक टुक्रा हुँदै हो । समृद्धिका लागि चाहिने सामग्री त दिएकै छ तर खोइ त उजागर उत्खनन् ? यसको चुरो कुरोबारे विषय वस्तुको विज्ञसँग आवश्यक छलफलबाट प्राप्त सुझावका आधारमा निम्नानुसार स्रोत परिचालन गर्नेुपर्ने निष्कर्ष प्रस्तुत गर्नुभएको छ ।
१) कृषि :
मानव बस्ती सुरु भएदेखि नै नेपालको अर्थतन्त्रको मेरुदण्ड भनेको कृषि नै हो । हाम्रो देशको हावापानी र भौगोलिक बनावट अनुसार तराई क्षेत्र, पहाडी क्षेत्र र हिमाली क्षेत्र गरी जमिनलाई तीन भागमा विभाजन गरिएको छ । तराई समथर भएकाले उखु, धान, गहुँ, चना, केराउ, मास, गहत, सुर्ती, मुसुरो, तोरी, आलसलगायत सबै खाले तरकारी र नगदे बाली उत्पादन हुन्छ । साथै नेपालको धन हरियो वन भन्ने उखानलाई सफल पार्ने वन जंगल, चारकोसे झाडी यसै क्षेत्रमा पर्दछन् । ठूला कलकारखाना पनि यसै क्षेत्रमा पर्दछन् ।
पाहाडी क्षेत्रमा थोरैमात्र उपत्यका र धेरै भिरालो पाखो भएको हुनाले धान, मकै, कोदो, मास, भटमास, बोडी, सिमीलगायत सबै खाद्यान्न र तरकारी उत्पादन हुन्छ । पशुपालनबाट दही, दूध, घ्यू, मोही तथा खुवा बिक्री गर्दछन् । हिमालयबाट बरफ पग्लेर आउने नदीबाट विद्युत निकाल्नु परे पावर हाउस यसै क्षेत्रमा बनाइन्छ । हिमाली क्षेत्र उचाइले गर्दा तापक्रम पनि कम हुने र जग्गा पनि भिरालो भएकोले खाद्यान्न कम उत्पादन हुन्छ । मुला, आलु वा करू अलिअलि फापर उत्पादन हुन्छ । यसबाहेक चौरी पालनबाट घ्यू, छुर्पी, चीज, पनिर आदि उत्पादन हुन्छ तर जडिबुटी भने चाहिँदो मात्रामा यसै क्षेत्रमा पाइन्छ । नीतिशास्त्रले पनि भन्छ ।
अमन्त्र अक्षरै नास्ति नास्ति मूल मनौषधम् । अर्थ हाम्रो देवनागरीमा मन्त्र नभएको कुनै अक्षर छैन, त्यसै गरी वन जंगल पाखामा औषधि नभएकोे झार पात, रूख, बोटबिरुवा, छैन परन्तु हामीले पहिचान गर्न सक्नुपर्छ । यसै जडिबुटीलाई पहिचान गरेर नाकानाकामा घुस खाएर चोरी निकासी गरेर कौडीको भाउमा विदेश जान्छ । भोलि त्यही चिज प्रशोधित दवाई भएर महँगो भाउमा भित्रिन्छ । यो पनि एउटा भ्रष्टाचार हो । यो हटाउनुपर्छ जडिबुटी केन्द्रलाई क्रियाशील बनाउनुपर्छ । प्रशोधन केन्द्र खोल्नुपर्छ । चिराइतो र यार्चागुम्बा खेती तुरुन्तै सुरू गरिहाल्नुपर्छ । जडिबुटी खेतीका लागि सम्भाव्यता अध्ययन गरी खेतीका रूपमा अगाडि बढाउनुपर्छ ।
२) पर्यटन
नेपाललाई प्रकृतिले प्रकृतिले अनौठो भूवनोट र अनेकौं किसिमका अलभ्य दृश्यहरू दिएको छ । ती सम्पदाको रूपमा खोलानाला ताल तलैया, पहरा छहरा, झर्ना छाँगा, गुफा, ओडार, हिमताल राराताल, विश्वको सर्वोच्च शिखर सगरमाथा समेत अनेक नाम गरेका अग्ला हिमाल, डाँडा, त्यस्ता डाँडामा भ्युप्वाइन्ट, उकाली ओराली, देउराली भञ्ज्याङ्, चौतारी, वनजंगल, हिँडाइको थकाइ मार्न वरपीपलको छहारी दिएको छ । जातजातका चराचुरुंगीले दिने मनै छुने सांगीतिक आवाज । त्यसैगरी मौसम अनुुसार फुलेका रंगीचंगी पूmलका बाबजुद एकातिर सेतो गुराँसले ढाकेको पाखो सेताम्य देखिन्छ भने अर्कातिर रातो गुराँसले ढाकेको पाखो राताम्य देखिन्छ ।
त्यसैगरी सांस्कृतिक सम्पदाको रूपमा लिभिङ गड कुमारी, इन्द्रजात्रा, भैरव नाच, लाखे नाच, बिस्केट जात्रा, गाईजात्रा, घोडेजात्रा एवं घाटुनााच, कौडानाच, कोतपूजा जस्ता अनेकौं जात्रा छन् । ऐतिहासिक सम्पदाको रूपमा किल्ला, काँगडा, गढी, थुम विजय स्तम्भ, कीर्ति स्तम्भ, एम्बुस आदि छन् । सामाजिक एवं धार्मिक सम्पदाका रूपमा विभिन्न मन्दिर, चैत्य, गुम्बा, स्तुप, लुम्बिनी, पाटी, पौवा, पधेरो, बहाल यस्ता अनेकौं वास्तुकला मन नपराउने पर्यटक को होला ? वास्तवमा नेपाली भूमिमा टेक्ने बित्तिकै यो देश नै कलापूर्ण म्युजियम जस्तो लाग्नेछ । नेपाल सानो देश तर विश्वमै जलस्रोतको दोस्रो धनी देशको नामले चिनिएको छ । नेपालको अर्थ व्यवस्था उठाएर समृद्धितर्फ देशलाई लैजान चाहृयौँ भने केही दशकभित्र देशको कायापलट गर्न सकिन्छ ।
यी तीन विषयलाई सही तरिकाले भ्रष्टाचाररहित ढंगबाट अगाडि बढाई कृषितर्फ तराई, पहाड, हिमाल तीनवटा क्षेत्रमा चाहिए अनुसार व्यवस्था गर्ने, कुन-कुन चीजको उत्पादन सम्भावना छ । ती क्षेत्रमा त्यस्ता विज्ञहरू कमसेकम चाहिए जति खटाएर परम्परादेखि लगाएको बाली के कस्तो छ, फिजीविलिटी अनुसार तराईमा उखु, त्यस्तै अरू के के छन् । पहाडी क्षेत्रमा मकै आदि, हिमाली भेगमा जडिबुटी आदि लगायत फापर आलु, मूला वा करू यस्ता चिजलाई प्रमोशन हुन्छ भने त्यतातिर पनि ध्यान दिने । नभए पनि नयाँ बाली सिफारिश गर्न लगाउने । अनुगमन सक्दो बढाउने किसानहरूलाई सक्दो विश्वासमा पार्ने त्यहीअनुसार किसानको चाहना बुझेर सिफारिश गर्ने, अनुगमनले हरेक समय किसानलाई मोटिभेट गर्दै जाने ।
लेखकले बडो मिहिनेतका साथ अध्ययन र छलफलपछि निष्कर्ष निकालेर तयार गर्नुभएको यो कृपज एकदमै सान्दर्भिक र उपयोगी सावित हुनेछ । यत्तिको रिपोर्ट सरकारको तर्पmबाट तयार गराउन परेको भए धेरै ठूलो राशि खर्चभएको अभिलेख तयार गरिने थियो ।
पर्यटनतर्फ : माथि भनिए बमोजिमको सक्दो प्रमोसन गरी सम्बन्धित विशेषज्ञको राय अनुसार पर्यटन क्षेत्रहरू विकास गर्न सकिएमा यसबाट सरदर नेपालको जीवन चल्ने र कृषि तथा जलस्रोतबाट भएको आयआर्जनबाट समृद्धितर्फ सजिलै देश लाग्नसक्छ । यसरी पर्यटन क्षेत्रलाई व्यवस्थित तरिकाबाट दायाँ र बायाँ छिमेकी देशको पर्यटकमात्र तान्न सक्ने हो भने हाम्रो लक्ष्य पूरा हुन्छ ।
३) जलस्रोत
नेपाल विश्वमा दोस्रो जलविद्युत् भण्डारको धनी देशमा गनिएको देश हो । यसमा सजिलैसँग उपलब्ध ५० प्रतिशत मात्र उत्पादन गरेर छिमेकी देशहरूलाई बिक्री गर्न सक्ने हो भने हाम्रो जीवनस्तर उकास्न त्यसैले पुग्छ । यथेष्ठ बिजुली उत्पादन गर्न कुन–कुन गाउँठाउँमा कस्ता र कति पावर हाउस निर्माण हुनुपर्ने हो, पकेट क्षेत्र तोकी विज्ञहरू सरकारले खटाउनुपर्छ । स्थानीयस्तरमा उत्पादन हुने बिजुली साना तथा मभ्mयौला कुन हुन् तिनको र्गीकरण गर्ने । साना छन् भने समुदायबाट रकम व्यहोर्ने गरी पूरा जिम्मेवारी समुदायलाई दिने । सरकारले प्राविधिक रेखदेख र अनुदानमात्र दिने । मझ्यौला खालका छन् भने स्थानीय र सरकारले साझेदारी लगानीमा गर्ने ।
पछि विद्युत् महशुल निर्धारण गर्दा सहमतिमा गर्ने । यसरी जब जनसहभागितामा उद्योग सफल हुने बित्तिकै श्रमशक्तिले काम पाउँछ । देशको विकास सबैको चासोको विषय बन्छ । कुटानी, पिसानी, कलकारखाना, सिलाइ, कटाइ, बुनाइ, तान आदि उद्योगधन्दा, पाउँ, जुस, अचार, जाम उद्योगलगायत घरेलु उद्योगहरू घरघरमा चल्छन् । बढीभन्दा बढी स्वरोजगारको अवसर मिल्छ । त्यस अवस्थामा घरेलु ससाना उद्योग दर्ता गर्न आउनेलाई सरकारले न्यूनतम शुल्कमा इजाजत दिनुपर्ने हुन्छ । ठूलो जल विद्युत्का लागि त राष्ट्रिय नीति छँदैछ । यत्ति गर्न सके देशको अर्थ व्यवस्था आफैं माथि आउँछ ।
यसरी लेखकले बडो मिहिनेतका साथ अध्ययन र छलफलपछि निष्कर्ष निकालेर तयार गर्नुभएको यो कृपज एकदमै सान्दर्भिक र उपयोगी साबित हुनेछ । यत्तिको रिपोर्ट सरकारको तर्पmबाट तयार गराउन परेको भए चार/पाँच लाख कम्तीमा पनि खर्च लाग्दथ्यो । यस्तो अवस्थामा लेखकले आफ्नो खर्चमा तयार गरेर हाम्रो हातहातमा दिनुभएको हुनाले यो पुस्तक पढेर सल्लाह सुझाव दिन हाम्रो कर्तव्य हुनेछ ।






