काठमाडौं । चलचित्र ‘एक्लो’को इण्डक्ल्याप गरिएको छ । प्रदीप शाहीको निर्देशनमा निर्माण भएको यो चलचित्रको सम्पूर्ण छायाँकन सकिएको हो । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रको अपर मुस्ताङ र काठमाडौंमा छायांकन गरिएको हो । चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजका अनुसार ३५ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो । चलचित्रको पोष्ट प्रोडक्सनको काम लण्डनमा गरिने निर्देशक शाहीले जानकारी दिनुभयो ।
‘एक्लो’मा प्रदीपसँगै बेनिसा हमाल, विजय लामा, सुनील थापा, दीया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, एवनराज उप्रेति, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिंहलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय छ । हलिउड कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिनुभएको छ ।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा हृयाम्साएर एकाउन्टेनको सहकार्य रहेको छ । चलचित्र ‘एक्लो’का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगीता वादी श्रेष्ठ, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुनुहुन्छ भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहनुभएको छ । बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइनर, सन्तोष लामाको कला निर्देशनमा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का र सुवराज कार्की रहनुभएको छ ।






