भोजपुर । साधारण धारतर्फ सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने दलित छात्रालाई कर्मचारी मिलन केन्द्र भोजपुरले बुधवार सम्मान गरेको छ ।
नजिकिँदै गरेको विजयादशमी, शुभदिपावली, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मिलन केन्द्रले जिल्लाको पूर्वी अरुण गाउँपालिका वडा नम्वर १, याङपाङको कटका माध्यामिक विद्यालयबाट २०८० सालको एसइई परीक्षामा तीन दशमलव ५२ प्रतिशत जिपिए ल्याउने ००८०१७५६ टि सिम्वल नम्वर हुने दलित छात्रा तर्फबाट रोजिना शिवालाई सम्मान गरेको हो ।
रोजिनालाई दोसल्ला, प्रशंसापत्र र नगद सात हजार पाँच सय पाँच रुपैया सहित मिलन केन्द्रका तर्फबाट सम्मान गरिएको छ । सोक्रममा सम्मानित रोजिनाले सम्मानले आफुमा थप हौसला बढेको बताउँदै आगामी दिनहरुमा पनि थप मेहनत र लगानशिल भएर अध्ययन गर्दे डाक्टर बन्ने आफनो सपना पुरा गर्ने बताउनुभयो ।
सोक्रममा जिल्लामा सामाजिक कार्य गर्दैे आएको संस्था बिहानी फुटवल फुटवललाई प्रशंसापत्र प्रदान गरिएको छ । संस्थाका अध्यक्ष बिकल श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरियो । यस्तै संविधान दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमका सहभागि हुने २० जनालाई प्रमाणपत्र समेत बितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, गणपति प्रशुराम थापा, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिना, सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र थापा, केन्द्रका अध्यक्ष बुद्धराम मल्ल आले, कार्यालय प्रमुखहरु, केन्द्रका पदाधिकारी, पत्रकार लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । सहभागिहरुले सोक्रममा एकआपसमा फुलको गुच्छा दिएर शुभकामना आदान प्रदान समेत गर्नुभयो ।






