
सुर्खेत । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वीरेन्द्रनगर सुर्खेतमा मङ्गलबार बसेको बैठकले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट पीडित भएका नागरिकको राहत सहयोगका लागि रु ५० लाख उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।
प्रवक्ता शाहका अनुसार बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले शोकाकुल परिवारजनमा गहिरो समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच