काठमाडौं । गत शनिबार काठमाडौं उपत्यकामा अविरल वर्षा भइरहँदा गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट काट्नेको भिड थियो । यता, बाढीले उपत्यका तहसनहस बनायो, उता बसपार्कको भिड आइतबार पनि लगभग उस्तै थियो । लगातारको वर्षा सँगैको बाढीपहिरोले उपत्यकासहित देशका विभिन्न ठाउँमा भयानक विपत्ति निम्त्यायो । अर्बौंको भौतिक क्षति मात्रै होइन, करिब साढे दुई सय (बेपत्तासहित) नागरिकको हताहती भयो । तर, पनि विभिन्न सिलसिलामा काठमाडौं उपत्यकामा रहेकाहरूको बडादशैँमा घर जाने चाहना रोकिएको छैन । बाढीपहिरोले काठमाडौं र मोफसलको लाइफलाइन काटिएको छ । बाटोमा कहाँ कतिखेर के हुन्छ ? कसैलाई अत्तोपत्तो छैन । गन्तव्यमा पुग्ने/नपुग्ने केही टुंगो छैन । तर, पनि मानिसहरू नयाँ बसपार्कसहित काठमाडौंका विभिन्न ठाउँबाट बस चढेर बाहिरन छोडेका छैनन् । यात्रा कष्टकर हुने निश्चित हुँदाहुँदै पनि यात्रुहरू हिँडिरहेका छन् । यो रहर मात्रै नभई उनीहरूको बाध्यता पनि हो । अझै बाहिरिन तयार रहेकाहरूको संख्या धेरै नै छ ।
दशैँमा आफन्तसँगै रमाइलो गरी पर्व मनाउन कसलाई रहर हुँदैन र ? तर, अवस्था निकै प्रतिकूल छ । घर जान पोकोपुन्तुरा बोकेर हिँडेका यात्रु ठाउँ ठाउँमा बाटोमै अलपत्र परेका छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन । असोज ११ गतेदेखि नै काठमाडौंको नागढुंगा हुँदै जाने सवारीसाधन १५ गतेसम्म गन्तव्यमा पुगेका छैनन् । बाटोमै रोकिएका सवारीसाधन र तिनका यात्रुको कन्तबिजोग छ । तीन/चार दिनसम्म बाटोमै रोकिनु परेपछि धेरैले खाना र पानीसमेत पाएका छैनन् । अझै केही वृद्धवृद्धा र बालबालिकाको अवस्था झन् विकराल छ । सवारी साधनहरू कलंकीबाटै कछुवा गतिमा गुडिरहेका छन् । मुग्लिनतिरबाट आउने सवारी साधनको अवस्था पनि उस्तै छ । बीचबीचमा पुनः पहिरो खस्ने र ठाउँ ठाउँमा रोकिने क्रम जारी नै छ । अब यात्रुहरूले यो दशैँमा घर पुग्न ठूलै युद्ध जितेझैँ हुने अवस्था छ । सोमबार दिउँसोदेखि मंगलबार साँझसम्म नागढुंगा नाका हुँदै उपत्यका छाड्ने यात्रु बोकेका सवारी साधनहरू कलंकीसम्म लामबद्ध थिए । ठाउँठाउँमा पुनः पहिरो गइरहेको र मर्मत गर्न सडक बन्द गरिएकाले उनीहरूले कतिसम्म बाटोमा कुर्नुपर्ने हो भन्ने टुंगो छैन ।
सरकारले भने सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । पानी नपरे दशैँसम्म सबै सडक खुलाइसक्ने सरकारी दाबी छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी पानी पर्दै नपरेको खण्डमा दशैँ आसपाससम्म यातायात पूर्णरूपमा सहज पार्ने प्रयास जारी रहेको बताउनुहुन्छ । अहिले भने बाटोमा रोकिएका यातायातलाई गन्तव्यमा पुर्याउने र यातायात सहज आवागमन पार्ने भन्नेमै सरकारको ध्यान रहेको उहाँले बताउनुभयो । चाडपर्वमा १८ लाख मानिसले राजधानी छाड्ने अनुमान यसअघि नै गरिएको थियो ।
यस्तै, अवस्थामा यात्रुलाई गन्तव्यमा लैजान सकिँदैन : सिटौला
सडकको अवस्था अत्यन्तै खराब रहेको भन्दै यस्तोमा गाडी चलाउन नसकिने यातायात व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला यो अवस्थामा कुनै हालतमा यात्रुलाई गन्तव्यमा लैजान नसकिने बताउनुहुन्छ । ‘वर्षालगायत कारण राज्यले व्यवस्थापन गर्न सकिरहेको छैन, बिपी राजमार्ग ठप्पै छ, त्यहाँ ६०० सवारीसाधन रोकिएका छन्, चालक खान नपाएको भनेर फोन गरिरहेका छन्, जोखिमपूर्ण अवस्थामा गाडी अड्किरहेका छन्, हामीले खाना पु¥याउन सकिरहेका छैनौँ, अनि कसरी चलाउन सकिन्छ गाडी ?,’ उहाँले भन्नुभयो, ‘ठाउँ ठाउँमा पहिरो खसिरहेकै छ, देशभरको सडक अस्तव्यस्त भएका कारण समस्या ठूलो छ । बाटोमा रोकिएका गाडी र यात्रु जोखिममा परेका छन् । केही भए जिम्मा कसले लिन्छ ?’ वर्षाका कारण विपत्तिको संकटग्रस्त क्षेत्र घोषणा गर्न ढिला गर्न नहुने उहाँले बताउनुभयो ।
ज्यान रहे दशैँ त फेरि पनि मनाउन पाइहालिन्छ, घर जान हतार नगरौँ : गजुरेल
सडकको अवस्था राम्रो नभएकाले अत्यावश्यकबाहेक टाढाको यात्रा नगर्न विज्ञले सुझाव दिएका छन् । अहिलेको अवस्थामा जोखिममा यातायात सञ्चालन गर्न नहुने यातायात क्षेत्रका विज्ञ आशिष गजुरेलले बताउनुभयो । ‘यातायात सहज बनाउन सकिने अवस्था छ भने सहज बनाउने, होइन अवस्था जटिल छ भन्ने देखिएको त्यो सडक बन्द नै गरेर काम गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘कहाँ–कहाँ व्यवस्थापन गर्न सकिन्छ गर्ने र सुधार गर्नसक्ने ठाउँमा सुधार गर्नुपर्छ, तत्काल व्यवस्थापन गर्न सकिँदैन भने बन्द नै गर्नुपर्छ, दशैँ भनेर जोखिममा यात्रा गराउनु हुन्न । यात्रुको चाप छ भनेर ज्यानको जोखिम राखेर सवारीसाधन सञ्चालन गर्नुहुन्न ।’ यस्तो बेलामा जबरजस्ती घर जान हतार नगर्न पनि उहाँले यात्रुहरूलाई आग्रह गर्नुभयो । ‘यो अवस्थामा जबरजस्ती गरेर घर जानलाई हतार गर्नु हुँदैन, ज्यान रहृयो भने दशैँ त फेरि पनि मनाउन पाइहालिन्छ,’ उहाँले भन्नुभयो, ‘यात्रुले पनि जबरजस्ती जान नखोजौँ, सरकारले पनि जोखिम छ भनेर यकिन भएको ठाउँमा गाडी जान रोक्नैपर्छ ।’
आजदेखि फेरि दुई दिन पानी पर्ने
विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा पु







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts