नवलपरासी । बर्दघाट नगर भित्र निर्माण कार्यहरूमा सिआरएम (क्रसर रन मेटेरियल) प्रयोगमा भइरहेको कठिनाइप्रति निर्माण व्यवसायीहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। निर्माण व्यवसायी बर्दघाट नगर समिति उपाध्यक्ष बिसन भण्डारी र सचिव सुरज पाण्डेको हस्ताक्षरमा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।
ध्यानाकर्षण पत्रमा सिआरएमका कारण निर्माण ब्यवसायीलाई समस्या आएको ब्यवसायीहरुको भनाइ छ । व्यवसायीहरूले सिआरएमको अभाव, क्रसर उद्योगमा मात्रै भर पर्नु पर्ने बाध्यताका कारण समयमा निर्माणको काम नभएको निर्माण ब्यवसायी बिशन भण्डारीले बताउनु भयो ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरभित्र गुणस्तरीय भौतिक निर्माण कार्यहरूमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। "नगरमा निर्माण हुने भौतिक सरचनाहरुको गुणस्तर बनाउनका लागी निर्माण व्यवसायीहरुले जिम्मेवारी भएर काम गर्दा हाम्रो नगर राम्रो नगर हुन्छ ।" श्रेष्ठले भन्नुभयो ।
निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य पुण्य प्रसाद पौडेलले स्रोतको सुनिश्चितता र स्थानीय सामग्रीको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनु भयो । व्यवसायीहरूका अनुसार, प्रदेश र संघीय सरकारले पनि सिआरएम बिना नै निर्माण कार्य अगाडि बढाइरहेको दाबी गर्नु भयो ।
नगरपालिकाका इन्जिनियर किशोर चौधरीले सिआरएम प्रयोगले निर्माण गुणस्तर राम्रो हुने दाबी गर्दै यसैको प्रयोगमा जोड दिइएको स्पष्ट पार्नु भएको छ । व्यवसायीहरू र नगरपालिकाबीच सहकार्य गरि भौतिक निर्माण कार्यमा गुणस्तरयुक्त निर्माण समाग्री बनाउनु पर्नेमा जोड दिनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता