
भोजपुर । भोजपुर नगरपालिकाले बजार अनुगमन थालेको छ । विभिन्न वडामा रहेको पसलहरूको बजार अनुगमन गरिएको हो ।
भोजपुर नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गठन गरेको टोलीले दुई दिन वडा भित्रका बजारअनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत मुकुन्द राईले जानकारी दिनुभयो ।
उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु, सेवाको गुणस्तर, परिमाण एवं मूल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्न बजार अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत राईको भनाई रहेको छ ।
अनुगमन टोलीले भण्डारण तथा संचय स्थल, थोक तथा खुद्रा बिक्री स्थल र उपभोग गर्ने स्थल लगायतका ठाउँहरूमा वस्तु सेवा प्रदायक तथा बिक्रेताको व्यवसायिक कारोवारको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल लगायतका व्यापारिक क्रियाकलापको निरीक्षण गरेको थियो ।
भोजपुर नगरपालिकाको गठित बजार अनुगमन टोलीले दुई दिन भोजपुर नगरपालिकाको ३ नम्वर वडाको बलौटे बजार, वडा नम्वर ४ को दाँवा बजार, वडा नम्वर ६ को देउराली बजार, वडा नम्वर ७ को भोजपुर बजार र वडा नम्वर ९ को पानीट्यांकी बजार अनुगमन गरेको अनुगमन टोलीका संयोजक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।
अनुगमनकोक्रममा म्याद ग्रुजिएका दुई लाख एक हजार पाँच सय ८० रुपैयाँ बराबरको खाद्य, औषधी, पेय पदार्थ, कस्मेटिक सामान लगायत जफत गरिएको थियो । विभिन्न ८० वटा होटल, फार्मेसी, किराना पसलहरुमा म्याद गुज्रिएका सामान फेला परेको हो ।
म्याद गुज्रिएका सामान आइतबार भोजपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ र बजार अनुगमन टोलीको संयुक्त रोहबरमा नष्ट गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच