काठमाडौं । नेपाल र भारतका पत्रकार महिलाले आफ्ना साझा समस्या समाधानका लागि सञ्जाल बनाउनुपर्नेमा जोड दिएका छन् । इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्लु) ले आज भारतस्थित नेपाली राजदूतावासको बीपी कोइराला फाउण्डेशनको सहयोगमा प्रेस क्लब अफ इण्डियामा आयोजित कार्यक्रममा नेपाली पत्रकार महिला र भारतीय पत्रकार महिलाले भोग्नुपरेका चुनौतीबारे छलफल गरेका थिए ।
भारतका लागि नेपाली कार्यवाहक राजदुत डा.सुरेन्द्र थापाले हरेक क्षेत्रमा महिला पत्रकारको प्रत्यक्ष सहभागिता बढाउन जरुरी रहेको बताउँदै यसको लागि पत्रकारिताले अहम भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँका अनुसार दूतावासले हरेक कार्यक्रममा महिलाको सहभागिता र सहकार्यमा उत्साहीत भएर काम गर्दै आएको जानकारी दिनुभयो । डा.थापाले आफू नेपाल र भारतका सांस्कृतिक गतिविधिका कार्यक्रमलाई नयाँ ढंगले अघि बढाउन चाहेको भन्दै केही दिनअघि दूतावास परिसरमा रामलिलाको मञ्चन गराएर सकारात्मक सन्देश दिन खोजेको बताउनुभयो । राम सीताको मिलनले दुई देशबीचको सम्बन्ध थप बिस्तार भएको भन्दै उहाँले परिसरभित्रै यस्ता गतिविधि बेलाबेला गर्दै आएको बताउनुभयो ।
त्यस्तै, इण्डियन वुमेन प्रेस कर्पस्का अध्यक्ष पारुल शर्माले भारतमा महिला पत्रकारको वृद्धि संख्या विस्तारै बढ्दै गए पनि स्वतन्त्र रूपमा काम गर्ने वातावरणमा विभिन्न चुनौती खेप्नु परेको बताउनुभयो । नेपाल र भारतबीचका पत्रकारले सहकार्य गरी एउटा सञ्जाल बनाउन सकिने विचार व्यक्त गनुभयो ।
प्रेस क्लब अफ इण्डियाका अध्यक्ष गौतम लहरीले दुई देशबीचको नागरिक सम्बन्धलाई बलियो बनाउन यस्तो खाले छफलफल आवश्यक हुने बताउनुभयो । क्लबले पत्रकार महिलाको वृद्धि र विकासका टेवा पु¥याउन सधंै तत्पर रहेको समेत सुनाउनुभयो । इनिसियटिभ अफ मिडिया वुमन (आईएम डब्लु)का महासचिव कविता अधिकारीले लोकतान्त्रिक विकास दुवै देशमा भए पनि महिला र भारतका पत्रकारको अवस्था उस्तै रहेको बताउनुभयो ।
अनुसन्धानकर्ता वेदप्रसाद शर्माले नेपाल र भारतका पत्रकार महिलाको साझा विचार विमर्श गर्न सञ्जाल निर्माण गर्न जरुरी रहेको बताउनुभयो ।
अन्तक्र्रिया कार्यक्रममा पत्रकार अदिति भाल, गीताश्री, पल शर्मा, ऋचा जैन, समृद्धि भट्नाकर, नीलम जिना, शोभा जैन, अन्जु ग्रोबर, आनन्द के सहाय, सञ्जय झा, नेपाली पत्रकार आकांक्षा शाहलगायत ३० जना पत्रकार महिलाले कार्यक्षेत्रमा देखिएका समस्या र अनुभब आदान प्रदान गरेका थिए । पारिवारिक सहयोग, क्षमता अभिवृद्धि, समान सेवा सुविधा तथा कार्यक्षेत्रमा महिलामैत्री वातावण स्थापित गर्न सकेको खण्डमा यस्ता समस्या केही हदसम्म कम हुँदै जानेमा सबै सहभागीको जोड थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts