धादिङ । शुक्रबार धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलाको खोलाले बगाएर बेपत्ता एक बालिकाको शव आईतबार फेला परेको छ ।
शव धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ दोभानखर्कका ६ वर्षीया युना तामाङको शव बेलबोटेमा फेला परेको धादिङ प्रहरीले जनाएको छ ।
रातको समयमा पठाओ मोटरसाइकलमा आमासंग घर जान लागेको बेला घट्टेखोलाको खोलामा आएको बाढीले मोटरसाइकल सहित बालिकालाई बगाएको थियो ।
बाढीले बगाउँदा आमा र चालक पौडिएर सकुशल बाच्न सफल भएतापनि ती बालिका भने बेपत्ता भएकी थिइन् ।






