
हेटौंडा। लगातारको वर्षाबाट भएको प्राकृतिक विपतिको घटनाप्रति नेपाली कांग्रेस बागमती प्रदेशले दुःख व्यक्त गरेको छ । पार्टी बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले शोक विज्ञप्ति जारी गर्दै अविरल वर्षातका कारण आएको बाढी, पहिरो, डुवान जस्ता प्राकृतिक विपद्मा परी बागमती प्रदेशलगायत देशका अन्य प्रदेशका विभिन्न भागमा गरी भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको हो ।
शोक विज्ञप्तिमार्फत उहाँले विपत्तिको समयमा नागरिकको जीवन रक्षा, उद्धार तथा राहातको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पार्टीले तीनै तहको सहकारलाई आग्रह गरेको छ । साथै उद्धार, राहात, स्वास्थ्यकर्मी परिचालनलगायतमा सरकारलाई साथ दिन बागमती प्रदेशभित्रका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, सदस्यहरुलगायतलाई उहाँले निर्देशन दिनुभएको छ । ‘प्रभावित जिल्लाका सम्पूर्ण स्थानमा पुगी उद्धार तथा राहतमा खटिएका तीनै तहका सरकारी संयन्त्रलाई विशेष सहयोग गर्दै बाढी, पहिरो तथा डुवानमा परेका र पर्नसक्ने थप जोखिमका क्षेत्रको पहिचान गर्दै सुरक्षित क्षेत्रमा स्थानान्तरण गराउने कार्यमा यथाशीघ्र खटिन पार्टीका सबै तहका नेता कार्यकर्तालाई आग्रह गर्दछु ।’ बानियाँले भन्नुभएको छ ।
पीडित परिवारलाई तत्काल राहात उपलब्ध गराउन, सम्पर्क विहिनहरुको खोजी तीव्र बनाउन र घाईतेहरुलाई उपचारको व्यवस्था गरी यस प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा नागरिकले सहज जीवनयापन गर्नसक्ने व्यवस्था मिलाउन तीनै तहको सरकारसमक्ष नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले आग्रहसमेत गरेको छ ।
प्राकृतिक प्रकोपमा परी जीवन गुमाएका सम्पूर्णमा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकटसमेत गरेको छ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई तत्काल राहात उपलब्ध गराउन पार्टीले सबै पक्षलाई आह्वान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच