पहाडमा बदली, तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

ADVERTISEMENT

दिउँसो प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ । प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *