काठमाडौं । शाओमीले रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले रेड्मी १३ सीको सफलताका रूपमा आफ्नो नयाँ इन्ट्री-लेभल स्मार्टफोन रेड्मी १४ सी ल्याएको जनाएको छ । रेड्मी १४ सीमा ६.८८ इन्चको डट ड्रप डिस्प्लेसहित १२० हर्ट्ज रिफ्रेस रेट रहेको छ ।
मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित यस स्मार्टफोनले सहज मल्टिटास्किङ र गेमिङ प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार आकर्षक तस्बिर र सेल्फीका लागि ५० मेगापिक्सेलको एआई डुअल क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा पनि उपलब्ध रहेको छ । १८ वाटको फास्ट चार्जिङ र अधिकतम आठ जिबी र्याम र २५६ जिबी स्टोरेजसहित ५१६० एमएएच ब्याट्रीको सहायताले रेड्मी १४ सीले शक्तिशाली प्रदर्शन र पर्याप्त स्टोरेज प्रदान गर्नेछ ।
नयाँ फोन सार्वजनिक गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, ‘हामी नेपालमा रेड्मी १४ सी ल्याउन पाउँदा निकै उत्साहित छौँ । यस डिभाइसले प्रदर्शन, डिजाइन र किफायतीताको उत्तम सन्तुलन प्रदान गर्छ । यस स्मार्टफोनले पनि शाओमीका अन्य स्मार्टफोनझैं ग्राहक वर्गको मन जित्नेमा हामी विश्वस्त छौँ । इनोभेसन, स्टाइल र पर्फमेन्सको उत्कृष्ट मिश्रण प्रदान गर्ने लक्ष्यलाई हामीले रेड्मी १४ सीमा पनि कायम राखेका छौँ ।’ यस स्मार्टफोनमा रहेको ५० एमपी एआई डुअल क्यामेरा र १३ एमपी सेल्फी क्यामेराले फोटोग्राफी उत्साहीहरूलाई आकर्षित गर्ने कम्पनीले जनाएको छ । मुख्य क्यामेरामा १.८ को एपेरेचर भएकाले उज्यालो र स्पष्ट तस्बिर प्रदान गर्छ । चार जिबी प्लस १२८ जिबी, छ जिबी प्लस १२८ जिबी, आठ जिबी प्लस २५६ जिबी भेरियन्टहरूमा उपलब्ध रेड्मी १४ सीको मूल्य क्रमशः १३ हजार नौ सय ९९, १५ हजार नौ सय ९९ र १८ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता