
काठमाडौं । अभिनेता सुनिल थापा भारतीय वेब–सिरिज ‘द फेमिली फ्यान’मा अनुबन्धित हुनुभएको छ । अमेजन प्राइम भिडियोको वेब-सिरिज ‘द फेमिली फ्यान’ को तेस्रो सिरिजमा उहाँ अनुबन्धित हुनुभएको हो । थापाले आफू उक्त सिरिजमा देखिन लागेको जानकारी दिनुभएको हो ।
‘मैले मनोज बाजपेयी र दलिप ताहिलको साथमा द फेमिली म्यानका लागि नागाल्याण्डमा गरेको सुटिङ अविश्वसनीय थियो । म मेरो नागामेस टिचर टियालाई पनि धन्यवाद दिन चाहन्छु । माया र साथको लागि धन्यवाद,’ थापाले भन्नुभएको छ ।
यस सिरिजमा मनोज बाजपेयी र दलिप ताहिलको मुख्य भूमिका छ । हाल सिरिजको छांयाकन नागाल्याण्डमा भइरहेको छ । अक्टोबर १ सम्म छायांकन चल्ने बताइएको छ । थापाले यसअघि सन् २०१४ मा रिलिज भएको प्रिंयका चोपडा अभिनित चलचित्र ‘मेरी कोम’मा अभिनय गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच