
मकवानपुर । मकवानपुरमा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।
अविरल वर्षाको कारण पहिरोले घरमा क्षति पुर्याउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा मकवानपुरको बागमती गाउँपालिका-३, सुक्खा सल्यनी बस्ने २० वर्षीया फुलमाया थिङ रहेकी छन् ।
प्रहरीका अनुसार, गएराती पहिरोमा परेर बेपत्ता भएकी उनको शव आज भेटिएको हो ।
शुक्रबार राति वर्षाको कारण घरमाथिबाट पहिरो खसी घर पुरिएको थियो। थिङलाई घर भत्किएर घरले थिचिएर मृत्यु भएको हो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच