कर्णाली। हुम्ला जिल्लामा शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३६ मिनेट जाँदा ३.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको केन्द्रविन्दु हेप्काको आसपास रहेको थियो । यसअघि असोज ६ गते बैतडी भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।







