काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेसनल नेपाल २०२४’को अन्तिम स्पर्धामा १५ प्रतियोगी भिड्ने भएका छन् । आयोजक ग्रिन आर्ट्स मिडिया प्रालिले विश्व सम्पदा सूचीमा परेको नेपालको वसन्तपुरमा प्रतियोगी सार्वजनिक गरेको हो । सो क्रममा प्रतियोगीले वसन्तपुर क्षेत्र र त्यहाँ रहेका हेरिटेजहरूको अवलोकन गर्दै त्यसका बारेमा जानकारी लिएका थिए ।
प्रतियोगिताको फाइनल स्पर्धा यही बुधबार राजधानीमा एक कार्यक्रमबीच हँुदैछ । आयोजक ग्रिनआर्ट मिडियाले सबै प्रतियोगीलाई व्यक्तित्व, सञ्चार कला, आत्मविश्वास, प्रतिभा, बौद्धिकता, क्षमता विकास, प्रभावकारिता र स्टेज प्रस्तुतिलगायत उपयोगिता र प्रभावकारी प्रशिक्षणसहित फाइनल स्पर्धामा उतार्ने ग्रुमिङ कोरियोग्राफर तथा पेजेन्ट कोच अनिला श्रेष्ठले जानकारी गराउनुभयो ।
प्रतियोगितामा मिस र मिसेज गरेर दुई विजेता छानिनेछन् । जसले थाइल्याण्डको बैंककमा नोभेम्बर २४ मा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेसनल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts