इलाम । इलामको माई नगरपालिकामा खोलाले बगाउँदा एक व्यक्तिको मृत्यु भएको छ ।
लगातारको वर्षाका कारण सेतु खोलामा आएको बाढीले ६८ बर्षीय मैतराज लिम्बूलाई बगाएको थियो ।
खोला तर्ने क्रममा बगाएका लिम्बूको स्थानीय र प्रहरीले उद्दार गरेका थिए । दानाबारीमा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल झापा ल्याएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
लगातारको बर्षाका कारण इलामको माइ, जोगमाई, देउमाई पूवामाई सहित साना खोलामा समेत पानीको सतह बढेर जोखिम बढ्न थालेको छ ।






