दाङ । दाङ घाेराही उपमहानगरपालिका-१४ निवासी प्रेमकुमारी पुनले अल्लाेकाे धागाेबाट हातले बुनेर काेट, टाेपी, झाेला, जुत्ता लगायतका सामाग्री तयार पार्दै आउनु भएको छ ।
आफुले तयार पारेका सामाग्री विक्रि गर्न मेला, माेत्सव, दिवसहरुमा समेत पुग्ने गर्नुहुन्छ । अल्लाे र उलनबाट बनाएका सामाग्री मान्छेहरुले मन पराएर किनेपछि प्रेमकुमारीमा बेग्लै खुशी छाउँछ ।
यसैक्रममा विश्व पर्यटन दिवसकाे अवसरमा प्रेमकुमारीले अल्लाे र उलनबाट हातले बुनेर तयार पारिएकाे झाेला, टाेपी, काेट, जुत्ता लगायत सामाग्री विक्रिका लागि स्टल राख्नु भयाे । जुन स्टलबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुई वटा टाेपी किन्नु भयाे ।
अहिलेसम्म नेता, मन्त्रीलाई टाेपी बिक्री गरेकाे थिएन । कित उपहार दिइन्थ्याे । तर, मुख्यमन्त्रीले टाेपि किनेर लगाउनु भयाे । उहाँकाे याे कामले हामी उद्यमीहरुमा हाैसला थपियाे´उहाँले भन्नुभयाे-'शिरकाे टाेपी फेरेर हामीले बनाएकाे टाेपी लगाउनु भयाे । पाँच सय रुपैयाँ एउटा टाेपीकाे मुल्य थियाे । उहाँले दुई वटा किनेर लैजानु भयाे ।' २०६५ सालबाट अल्लाेबाट कपडा बनाउन थाल्नु भएकी प्रेमकुमारीले चिनारी महिला साझेदारी समूह निर्माण गरेर उद्यम चलाउदै आउनु भएको छ ।`धेरै हाैसला मिल्छ । किनेर लगाइदिँदा ' उहाँले भन्नुभयो-'मुख्यमन्त्री ज्यूकाे याे सद्भावले हामी उद्यमिकाे छाति चाैडा भयाे ।'
पर्यटन दिवसकाे अवसरमा लुम्बिनी प्रदेशका उद्यमीले तयार पारेका स्थानीय उत्पादनका सामाग्रीहरु प्रदर्शनीमा राखिएको छ । थाकलबाट बनेका हस्तकलाकाे सामाग्रीदेखि माटाेबाट बनेका भाँडाहरु समेत प्रदर्शनीमा राखिएको थियाे ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता