✍️ कपिल अर्याल
वर्तमान नेपालको राजनीतिमा अराजकताको परकाष्ठ दिन प्रतिदिन नैपालीजनमा बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघको महासभाको भ्रमणमा यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकामा छन् । अमेरिकामा भएकै बेला हल्लै हल्लाको भरमा अनधीकृत र अफाहा सूचनाको भरमा प्रधानमन्त्रीमाथि जुत्ता प्रहार भन्दै सञ्जाल र सञ्चार दूषित बनाइरहेका छन् । यो नेपाली मनोविज्ञानले आन्तरिक रूपमा त प्रभाव पार्यो । तर, वाहृय अन्तर्राष्ट्रिय मञ्चमा नेपाली जनताको वास्तविक रूपलाई छर्लङ पारेको छ । कूटनीतिक नियोगका आप्रवासीले तय गरेको अन्तर्क्रिया कार्यक्रममा सुरक्षाको विषयलाई लिएर प्रधानमन्त्री उपस्थित हुनसकेनन् यसले नेपाली राजनीतिको बिग्रँदो अवस्थाको चित्रण गरेको छ ।
अराजकताको पाठशालाबाट नेपालको राजनीति, समाजबाहिर निस्कन जरुरी छ । विश्व परिवेस बदलावका बाछिटाहरू पक्कै अनुभव गरिरहेका छौं । स्थायित्व र स्थिरताका लागि सर्वदलीय रूपमा गृहकाय अघि बढाउन अति आवश्यक छ । अराजकताका समस्यालाई किनाराकृत गर्नुपर्नेछ यसमा सबैको साथ र सहयोग रहनुपर्दछ । देश, चिन्तन र समाज सुधारको परिकल्पनाले नै हामीलाई विकास र गतिशीलतर्फ उन्मुख पार्दछ ।
समिट अफ द फ्युचर नामक संवाद कार्यक्रममा लिष्ट डेभलभमेन्ट कन्ट्रीको अध्यक्षता गर्दै प्रधानमन्त्रीले लिष्ट डेभलभमेन्ट कन्ट्रीप्रति संयुक्त राष्ट्रसंघको भूमिका अहम् हुनुपर्नेमा जोड दिए । महासभामा प्रधानमन्त्रीले कार्वन उत्सर्जन गर्ने मुलकले सहायता प्रदान गर्नुपर्ने विषयमा जोड दिएका थिए । हाम्रो अराजकतापनले मुलुकको औचित्य र हाम्रो संस्कारमाथि कस्तो नकारात्मक प्रभाव पार्नसक्छ भन्नेमा हामीले लेखाजोखा गरेका छैनौं । ग्लोबल चेन्ज र अवस्था परिवर्तनको नारा दिने हामी फेरि एकपटक अन्तर्राष्ट्रिय मञ्चमा चुकेका छौं ।
अराजकताले समस्याको समाधान विलकुलै गर्दैन बरू समस्यालाई झन् पेचिलोे बनाएर लैजान्छ । विश्व व्यवस्था एकातर्फ कुदिरहेको छ हामी विपरीत दिशातर्फ केन्द्रकृत भएका छौं । मिडल इष्टको बदलिँदो अवस्थाले हामीलाई के प्रभाव पार्न सक्छ अथवा रुस-युक्रेनबीचको द्वन्द्व, इष्ट-वेष्ट विंगको बहस, न्युकिलिएर वार र ट्रेड वार, युनिपोर्लर-बायोपोर्लर र मल्टिपोर्लर वल्र्ड जस्ता महत्वपूर्ण विषयमा भइरहेका उतारचढावबीच नेपालको अवस्थिति र नेपालको लक्ष्य कहाँ हो यो विषमामा हामी कन्र्सन भएका छैनौ । वास्तवमै भन्ने हो भने हामी जिओ-पोलिटिकल्ली र इकोनोमिकल्ली संवेदनशील समयबाट गुज्रिरहेका छौं । एकअर्थमा विश्लेषण गर्ने हो भने विचारविहीन र लक्ष्य हिन देशको रूपमा परिभाषित हुँदै गएका छौं ।
अराजकताको परकाष्ठाबीचमै हामी दुई विशाल गतिशील र विकासशील मुलुकको बीचमा छौं भन्ने कुरा बिर्सन्छौं । एकातर्फ ११औं अंकबाट ५औं अर्थतन्त्रको सूचांक हासिल गरेको हाम्रो दक्षिणतर्फको छिमेकी भारत र उत्तरतर्फ संसारमै उत्पादनकोे हबको रूपमा परिचित चीनको असाधारण विकासले हामीलाई कुनै मनोवैज्ञानिक सकारात्मक असर पु¥याएको अनुभूति गर्नसक्ने स्थिति छैन । यो अत्यन्तै संक्रमणकालीन समयमा बुद्धि र विवेकको समुचित प्रयोग गर्न सकिएन भने देश खतरातर्फ उन्मुख रहनेछ । त्यसका लागि नीतिगत र वैचारिक तवरबाट सामुहिकतामा मेलमिलापको भावना विकसित गर्न जरुरी छ ।
अराजकताको परकाष्ठाबीचमै हामी दुई विशाल गतिशील र विकासशील मुलुकको बीचमा छौं भन्ने कुरा बिर्सन्छौं । एकातर्फ ११औं अंकबाट ५औं अर्थतन्त्रको सूचांक हासिल गरेको हाम्रो दक्षिणतर्फको छिमेकी भारत र उत्तरतर्फ संसारमै उत्पादनकोे हबको रूपमा परिचित चीनको असाधारण विकासले हामीलाई कुनै मनोवैज्ञानिक सकारात्मक असर पुर्याएको अनुभूति गर्नसक्ने स्थिति छैन ।
सामर्थय, शक्ति र स्रोत संशाधनका कारण विस्तारै अर्थतन्त्रको सूंचाक रेखा एसिया केन्द्रित हुँदै गएको छ । खासगरी मध्यपूर्व, अमेरिका र युरोपबीचको शक्ति टक्रावका बीच एसियन र दक्षिण एसियन मुलकले धैर्यता, संयमताका साथै उपयुक्त कदम चाल्न जरुरी छ । इण्डो प्यासिफिक क्षेत्र होस् वा हिन्द प्रशान्तीय क्षेत्र संयमता र सतर्कता आवश्यक छ । एकातर्फ मिलिनियम च्यालेन्ज कर्पोरेसन त अर्कोतर्फ वेल्ट एण्ड रोड इनिसियटिभ यी प्रतिस्पर्धाबाट हामीले लाभ लिन सक्ने कुरामा पछि हट्नु हुँदैन । ब्रिक्स, सार्क, बिमिस्टेक, आसियान जस्ता संस्थामार्फत लिष्ट डेभलभमेन्ट कन्ट्रीको सूचांकबाट स्तरोन्नति हुने, पारवाहनको भरपुर उपभोग गर्नेजस्ता गतिविधिमा सक्रिय रहनुपर्दछ । यसोमात्र गर्न सकियो भने पनि अन्तर्राष्ट्रिय सहायताको माध्यमबाट विकासशील मुलुकतर्फ अग्रसर हुन सक्दछौं ।
अन्त्यमा उल्लेखित तमाम विषयवस्तुलाई ध्यानकेन्द्रित गर्दै विश्व परिवेस र बदलिँदो समयको हेक्का राख्दै अग्रसर हुनुको विकल्प छैन । यो अराजकताको पाठशाला बाट नेपालको राजनीति, समाजबाहिर निस्कन जरुरी छ । विश्व परिवेस बदलाव का बाछिटाहरू पक्कै पनि अनुभव गरिरहेका छौं । स्थायित्व र स्थिरताका लागि सर्वदलीय रूपमा गृहकाय अघि बढाउन अति आवश्यक छ । अराजकताका समस्याहरूलाई किनाराकृत गर्नुपर्नेछ यसमा सबैको साथ र सहयोग रहनुपर्दछ । देश चिन्तन र समाज सुधारको परिकल्पनाले नै हामीलाई विकास र गतिशीलतर्फ उन्मुख पार्दछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा