मुगु । मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ्ग गाउँपालिकाकोे पुलमा आँखा शिविर सञ्चालन हुँदा ३४ जना मोतियाविन्दु भएका बिरामीको आखाको शल्यकृया गरिएको छ ।
मुगुमकार्मारोेङ्ग गाउँपालिका, नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुग, हिमालय आँखा अस्पताल घारिपाटन पोखराको आयोजनामा र आई केयर, फाउन्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा विकट मुगुमकार्मारोङ्ग गाउँपालिको केन्द्र पुलुमा दुई दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।
७ र ८ गते दुई दिन सम्म सञ्चालन भएको आँखा शिविरमा ३ सय ९७ जना आँखाका बिरामीहरुको चेकजाँच गरिएको र अन्य जटिल ३४ जना मोतियाबिन्दु भएका बिरामीको शल्यकृया गरिएको डाक्टर सुवाश नेपालले जानकारी गराउनु भयो ।
उहाँका अनुसार शिविरमा मुगुमकार्मारोङ्ग गाउँपालिकाका विकट बस्तिहरुबाट स्थानीयलगायत अन्य स्थानीय तहबाट आएका आँखाका बिरामीको पनि चेकजाँच गर्न आएका थिए । मोतियाबिन्दु भएका आँखाका बिरामीहरुलाई निशुल्क चश्मा वितरण गरिएको थियो ।
आँखाका विरामी सबै भन्दा बढी ५० बर्ष भन्दा माथिका रहेका र आँखाको हेरचाह राम्रोसँग नगर्ने, धुँवा धुलोका कारण पनि समस्या हुने गरेको चिकित्सकहरुले बताउनु भयो । शिविरमा आएका आँखाका विरामीहरुले घर नजिकै आखाँको उपचार गर्न पाएकोमा खुसी ब्यक्त गरेका छन् । आर्थिक अभावमा रोग तथा समस्या पालेर बसेको थियौ तर घर नजिकै शिविर सञ्चालन हुँदा बन्द भएको आखाँ खुलेको मुगुम कार्मारोङ्ग गाउँपालिकाका-२ का टसी लामाले खुसी ब्यक्त गर्नुभयो ।
पुलुमा भएको निशुल्क आँखा शिविरमा डाक्टर अन्जु गुरुङ्गको नेतृत्वमा, डाक्टर गोविन्द्र नाथ योगी,डाक्टर सुवास नेपाल, धुव्र बहादुर बुढथापा लगायतका चिकित्सकको टोली पुलुमै पुगेर आँखाको शिविर सञ्चालन गरेका थिए ।
नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल घारिपाटन पोखराको आयोजनामा मुगुमा हरेक बर्ष निःशुल्क आँखा शिविर सञ्चालन गरिँदा आर्थिक समस्या भएका मोतियाबिन्दु भएका आखाका विरामीलाई शिविरले सहज गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा