कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान प्रक्रियामा सघाउनु पर्ने बताउनु भएको छ । उहाँले अनुसन्धानलाई सघाउनुको सट्टा उल्टै अवरुद्ध गर्न खोजेको आरोप लगाउनु भएको छ ।प्रेस चौतारी नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै पोखरेलले रास्वपा र त्यसका सभापति लामिछानेले अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्ने बताउनुभयो ।
अनुसन्धानलाई नै रोक्ने गरी भइरहेका गतिविधिहरु कानुनी राज्यमाथिको उपहास भएको बताउदै एमाले महासचिव पोखरेलले कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित नभएको बताउनु भयो ।
सामाजिक सञ्जालका कारण आमसञ्चार माध्यमहरु संकटमा रहेको बेला सहकारीको रकम दुरुपयोग गरेर महत्वकांक्षाका साथ टेलिभिजन सञ्चालन गरेको प्रष्ट भइसकेको उहाँले बताउनुभयो । रविको नाम नलिई उहाँले संकटमा पुर्याउने व्यक्तिले म निर्दोष छु, क्लिन चिट पाएँ भनेर घोषणा गर्नु अनुचित भएको समेत बताउनुभयो ।
पोखरेलले अनुसन्धानको प्रक्रियामा प्रवेश गरेर सफाइ प्राप्त भएपछि मात्रै क्लनचिट प्राप्त हुने बताउनु भयो । सहकारी छानबिन संसदीय समितिले कानुनसम्मत कारबाही गर भनेको विषयलाई क्लिन चिट भनेर प्रचार गर्नु गलत भएको समेत उहाँले बताउनु भयो ।
सरकार घरीघरी परिवर्तन भइरहँदा नैराश्यता देखिएकोले संघीय संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर अहिलेको सरकार बनाइएको उहाँले बताउनुभयो ।उहाँले महिनै पिच्छे सरकार फेरिने अवस्थालाई अन्त्य गर्न दुई ठुला दल मिलेको बताउनुभयो ।
पछिल्लो २०७९ सालको निर्वाचनपछि देशमा राजनितिक अस्थिरता देखिएकाले त्यसको अन्त्य गर्न ठुला दल मिल्नु परेको सिहंले बताउनुभयो ।बर्तमान सरकारले थुपै्र आशा जगाउने काम गरिरहेको बताउँदै पोखरेलले जनतामा आश पनि पलाएको दावी गर्नु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts