✍️ मनिराम कँडेल
साधारणतया संस्कृत भाषासँग सम्बद्ध पौरस्त्य दर्शन, साहित्य, कला, विज्ञान योग, आयुर्वेदलगायतका परम्परागत मान्यतामा आधारित शिक्षालाई नै संस्कृत शिक्षा भनी बुझिँदै अइएको छ । षड्दर्शन, वेद, पुराण, इतिहास, नीतिशास्त्र लगायतका पूर्वीय सभ्यताका उपजहरूको अध्यनको आधार भनेको नै संस्कृत शिक्षा हो । यसलाई युगानुकूल बनाउँदै संस्कृत भाष वाङ्मयमा र धार्मिक मान्यतामा रहेका दिग्भ्रमहरू चिर्दै स्वस्थ समाज निर्माण गर्न संस्कृत शिक्षालाई युगीन तुल्याउनुपर्दछ ।
युग र समयसँग सान्दर्भीक नहुने र सामञ्जस्यता कायम नराख्ने कुनै पनि चिज स्वाभाविकतः इतिहासको गर्भमा विस्मृत हुन्छ । त्यसलाई बचाइ राख्न र जगाइ राख्न सामयिक परिवर्तन गर्दै जानुपर्दछ । संस्कृत शिक्षा आफैंमा संकटमा रहेको वर्तमान परिप्रेक्ष्यमा यसलाई युगानुकूल बनाउनुपर्ने आवश्यकताको महसुस टड्कारो रूपमा भइरहेको छ । पहिले नेपालका हरेक विद्यालयहरूमा संस्कृत भाषा विषय अनिवार्य रूपमा अध्यापन गराइन्थ्यो । हाल त्यो अवस्था रहन दिएन/रहेन । नेपाली भाषा वाङ्मयको जननी संस्कृत भाषालाई जुन दिनदेखि पाठ्यक्रमबाट हटाइयो त्यस दिनदेखि नेपालको मौलिकता मास्ने अर्को जबरजस्त काम भयो । संस्कृत शिक्षा हाम्रो मौलिक शिक्षा पनि हो ।
विश्व समाजमा अंग्रेजी मोडेलको शिक्षा र भाषाको वर्चस्व जति नै जबरजस्त रहे तापनि यो भाषा हाम्रो मौलिक पहिचान कहिल्यै हुन सक्दैन र हुँदैन । मौलिकताको संरक्षण आफ्नो सभ्यताको संरक्षण हो । मौलिक पहिचान मेट्नु भनेको पातले हाँगा छोड्नु जस्तै हो । त्यहाँ न पातको अस्तित्व रहन्छ न हाँगाको शोभा बाँकी रहन्छ ।
संस्कृत शिक्षा हाम्रो मौलिक शिक्षा पनि हो । विश्व समाजमा अंग्रेजी मोडेलको शिक्षा र भाषाको वर्चस्व जति नै जबरजस्त रहे तापनि यो भाषा हाम्रो मौलिक पहिचान कहिल्यै हुन सक्दैन र हुँदैन । मौलिकताको संरक्षण आफ्नो सभ्यताको संरक्षण हो । मौलिक पहिचान मेट्नु भनेको पातले हाँगा छोड्नु जस्तै हो ।
पूर्वीय सभ्यता र परम्परागत मान्यता अनुरूप नेपालमा सयौं संख्यामा गुरुकुलहरू सञ्चालनमा रहेका छन् । आफ्नो भाषा संस्कृति र सभ्यताका लागि केही त गर्नै पर्छ भन्ने सोच भएका समाजलाई मार्गदर्शन गर्ने व्यक्तिहरूको सक्रियता, समर्पण नै गुरुकुल सञ्चालनका आधार हुन् । संस्कृत शिक्षाको आधारको रूपमा रहने यस्ता गुरुकुलहरू प्रायः आवासीय सुविधासहित निःशुल्क रूपमा सञ्चालित छन् ।
विभिन्न यज्ञ अनुष्ठान र दाताहरू नै यस्ता गुरुको सञ्चालन गर्ने प्रमुख स्रोतको रूपमा रहेका छन् । यसरी सञ्चालित गुरुकुलहरूको संस्कृत वाङ्मय र पूर्वीय दर्शनलाई जीवन्त तुल्याउनुका साथै परम्परागत मान्यताहरूको वैज्ञानिक खोजसमेत गर्नु प्रमुख उद्देश्य रहेको छ । सानो उमेरबाटै गुरुकुलीय आचरण, व्यवहार र वातावरणमा अध्ययन गर्न/राउनका लागि गुरुकुलहरूमा भर्ना गर्ने समयमा भिड नै लाग्ने गुरुकुल सञ्चालकहरू बताउँछन् ।
एसइई र १२ कक्षाको नतिजामा समेत अन्य व्यावसायिक विद्यालयहरूको तुलनामा यस्ता गुरुकुल उत्कृष्ट देखिनुले गुरुकुलहरूको शैक्षिक गुणस्तरलाई समेत झल्काउँदछ । महँगो पैसा तिरेर पढाइने व्यावसायिक विद्यालयभन्दा यसरी दाताहरूको सहयोग र सहायताले सञ्चालित गुरुकुलहरूको नतिजा उत्कृष्ट देखिनुले गुरुकुलीय पद्धतिको शिक्षा प्रणालीको आजको आवश्यकतालाई समेत प्रष्ट पार्दछ ।
संस्कृत शिक्षाको आधारका रूपमा रहेका गुरुकुलहरूको शैक्षिक पद्धतिममा समेत आधुनिक सूचना प्रविधि र विद्युतीय शैक्षिक सामग्री प्रयोग गर्दै शिक्षा सम्प्रेषण गर्ने तौरतरिकामा समेत नवीन प्रयोग गर्न गराउन उपयुक्त हुन्छ । पछिल्लो समय कतिपय निजी विद्यालयहरूमा पनि नीतिगत आचरण, संस्कार र परम्पराको ज्ञानका लागि संस्कृत भाषा, नीतिशास्त्रका विषय पठनपाठन हुनेगरेको पनि पाउन सकिन्छ । यो आफैंमा अत्यन्तै प्रशंसनीय कार्य हो । यसलाई निरन्तरता दिनका लागि सरोकारवाला पक्षहरूको उत्तिकै सक्रियता र समर्पण आवश्यकता पर्दछ । स्थानीय तहले निर्माण गर्ने पाठ्यपुस्तकमा पालिकाहरूले संस्कृत भाषा वाङ्मयका विषयहरूलाई पनि समेत समेट्न सके संस्कृत शिक्षाको लाभ लिन उदीयमान पुस्तालाई उत्तिकै सहयोग सिद्ध हुने देखिन्छ ।
शिक्षा चेतना, विकेक र ज्ञानमार्फत समाज बदल्ने र समाजमा सकारात्मकताको स्थापना गर्ने आधारहरू हो । तसर्थ शिक्षा समाजमा बस्ने सबैका लागि आवश्यक हुन्छ । समाज एकल प्रयास र प्रयत्नबाट समाज रूपान्तरण हुन सक्दैन । पूर्वीय ज्ञान र सभ्यताका उपजहरू सुगम, सुसंस्कृत र मर्यादित समाज निर्माणका लागि बलिया आधारहरू बन्न सक्छन् । त्यसका लागि परम्परागत तर वैज्ञानिक सिद्ध शिक्षा र शिक्षाका स्रोतहरूमा सबैको समान पहुँच र अधिकार स्थापना नै समाज रूपान्तरणको कडी हो ।
विश्वविद्यालयस्तरीय संस्कृत पढाइ हुने नेपाल संस्कृत विश्वविद्यालयमा संस्कृत वाङ्मयका ज्योतिष, संस्कृत साहित्य, वेद, तन्त्र, इतिहास पुराण, संस्कृत व्याकरण वेदान्त, दर्शनर धर्मशास्त्रलगायतका करिब १८ भन्दा बढी विषयहरूको अध्ययन अध्यापन हुन्छ । विश्वविद्यालयमा नेपालका मात्र नभई युरोप, अमेरिकालगायत क्षेत्रबाट समेत पूर्वीय दर्शनको अध्ययन गर्न आउने गरेका छन् । यसरी विश्व समाजमा संस्कृत भाषा वाङ्मयको प्रभाव र महत्व बढिरहेको अवस्थामा नेपालका विश्वविद्यालयहरूको शैक्षिक गुणस्तर र भौतिक व्यवस्थापनलगायत पक्षमा सुधार गरी नेपाललाई पौरस्त्य दर्शन, भाषा वाङ्मयको अध्ययन चिन्तन गर्ने क्रीडास्थलको रूपमा विकास गर्न सकेमात्र पनि नेपालको आर्थिक, सामाजिक र वैश्विक प्रभावमा समेत प्रगति हुने सुनिश्चित छ ।
हरेक राष्ट्रले आफूसँग जे छ त्यही बेच्छन् र त्यही विकाउँछन् यसैका धरातलमा आफ्नो समृद्धिका आधारहरू तय गर्छन्। त्यसरी नै नेपालमा हजारौं वर्ष पुरानो आयुर्वेद विज्ञान, ध्यान, योग प्राकृतिक चिकित्सालगायत ज्ञानको प्रचुरता छ । अर्कोतर्फ प्राकृतिक र सांस्कृतिक सम्पदाहरू पनि उत्तिकै विद्यमान छन् । यिनीहरूनै हाम्रा समृद्धिसम्म पुग्ने आधार हुन् । यिनीहरूकै संरक्षण, प्रवर्धन, प्रचलन गरेमात्र पनि विकासको अभावमा छटपटिने दिनको अन्त्य हुने सुनिश्चित छ ।
कतिपय शास्त्रोक्त धार्मिक विधि विधानहरूमा निश्चित गुण र विशेषता भएकै व्यक्ति चाहिने कारण मुख्य रूपमा गुरुकुलीय परम्परा केही स्थानहरूमा जीवित छ तर खोज र अन्वेषण मूलक उद्देश्यलाई प्राथमिकतामा राखी सञ्चालन हुने गुरुकुलहरू भने दिउँसै लाइट बालेर खोज्नुपर्ने अवस्था छ । संस्कृत शिक्षाको आधार निर्माणका निम्ति सरकारी र अन्य क्षेत्रबाट समेत पर्याप्त लगानी गर्नुपर्दछ ।
वेद, उपनिषद, वेदान्त जस्ता प्राचीन ग्रन्थहरूको वैज्ञानिक खोज र व्यावहारिक प्रयोग एवं विशिष्ट अध्ययनका साथै दार्शनिक बुझाइको क्षितिजलाई विस्तार गर्नुको सट्टा संस्कृत शिक्षालाई घोकन्ते विद्या, भनी बुझ्ने सामाजिक मनोविज्ञान एवं परिप्रेक्षमा यसको सिर्जनात्मक अध्ययन र रचनात्मक प्रयोगमा ध्यान आकृष्ट गर्न प्रभावकारी अभियानहरूको आवश्यकता देखिन्छ । संस्कृत भाषा र वाङ्मयलाई केवल कर्मकाण्डका लागि मात्र प्रयुक्त भाषा भनी बुझ्ने सामाजिक बुझाइ र सोचाइमा परिवर्तन ल्याउन समग्र विद्वत वर्गले गुरुकुलीय पद्धतिको शिक्षालाई प्रोत्साहन गर्दै समावेशी एवं विविधतामैत्री तथा सबै जातजातिको समान, सरल र सहज पहुँच सुनिश्चित गर्न अभियान नै सञ्चालन गर्दै उच्चतम समाजिक सहिष्णुताको परिचायक बन्नुपर्दछ । अन्यथा हाम्रो पूर्वीय सभ्यता, दर्शन, भाषा, साहित्य र संस्कृति मेटिन लाग्यो भन्दै चिन्ता व्यक्त गर्ने तर गुरुकुलीय पद्धतिको संस्कृत शिक्षमलाई उपेक्षा गर्ने प्रवृत्तिले संस्कृत वाङ्मयको संरक्षण, प्रवद्र्धन र प्रचलनका निम्ति निर्मम घातक सिद्ध हुने देखिन्छ । कतिपय शास्त्रोक्त धार्मिक विधि विधानहरूमा निश्चित गुण र विशेषता भएकै व्यक्ति चाहिने कारण मुख्य रूपमा गुरुकुलीय परम्परा केही स्थानहरूमा जीवित छ तर खोज र अन्वेषण मूलक उद्देश्यलाई प्राथमिकतामा राखी सञ्चालन हुने गुरुकुलहरू भने दिउँसै लाइट बालेर खोज्नुपर्ने अवस्था छ । संस्कृत शिक्षाको आधार निर्माणका निम्ति सरकारी र अन्य क्षेत्रबाट समेत पर्याप्त लगानी गर्नुपर्दछ ।
संस्कृत शिक्षा परम्परा, सामाजिक मान्यता र इतिहासको शिक्षा पनि हो । यसलाई आधुनिक बनाउँदै युगानुकुल बनाउन आज सम्पूर्ण शिक्षा सम्बद्ध सरोकारवालाको पहलकदमी आवश्यक छ । यसका साथै संस्कृत ग्रन्थहरूलाई ई–पुस्तकालयमा आबद्ध गरी दिगोपना कायममा पनि उत्तिकै प्रभावकारी कदम चाल्नु पर्दछ ।
अर्कोतर्फ संस्कृत ग्रन्थहरूलाई आफ्नो स्वार्थनुकूल व्याख्या गर्ने र व्यक्तिगत हितका लागि ग्रन्थहरूलाई तोडमोड गर्ने प्रवृत्ति पनि बढ्दो छ । गहिरो अध्ययन र अनुसन्धान बिना वाचक, विश्लेषक बन्नेहरू होडले गर्दा संस्कृत शिक्षाको रचनात्मक, सिर्जनात्मक, बौद्धिक र व्यावहारिक प्रयोग झनै चुनौतीपूर्ण देखिएको छ । साथै संस्कृत भाषालाई भाषाकै रूपमा नलिई धार्मिक र साम्प्रदायिक दृष्टिकोणबाट हेर्दा गैरवैदिक सम्प्रदायका व्यक्तिहरू संस्कृत भाषा र वाङ्मयको अध्ययन गर्न उति उत्सुक नदेखिनु पनि अर्को दुःखद् पक्ष हो । संस्कृत एक भाषा हो र सयौं भाषाहरूको जननीसमेत हो ।
कतिपय व्यक्तिहरू संस्कृत पढेँ भनेर धार्मिक दिग्भ्रम छरेरै जिन्दगी गुजारा गरिरहेका पनि छन् । कतिपय स्वज्ञान, स्वान्तसुखाय र आत्मसन्तुष्टिका लागि संस्कृत पढ्नेहरू पनि उल्लेख्य छन् । तथापि जे होस् संस्कृत पढ्न र पढाउन प्रोत्साहन गरिरहँदा यस्ता गुरुकुल र विश्वविद्यालयबाट संस्कृत पढेर निस्किएका जनशक्ति श्रम बजारमा कसरी उपयोग भइरहेका छन् ? संस्कृत पढेपछिको सम्भावना कति छ ? र संस्कृत पढेर युवाले स्वदेश तथा विदेशमा आफ्नो भविष्य कत्तिको सुरक्षित देखिरहेका छन् ? भन्ने प्रश्नमा समेत गम्भीर भई सोच्नुपर्ने देखिन्छ ।







Nice ❤️