एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट फेसनको महाकुम्भ मानिने प्रतिष्ठित पेरिस फेसन सप्ताहमा आकर्षण रूपमा प्रस्तुत हुनुभएको छ । सोमबार आलिया पेरिस फेसनमा मेटालिक सिल्भर फिटको पहिरन लगाएर र्याम्पमा प्रस्तुत हुनुभएको थियो । केण्डल जेनर, कारा डोलिभिङ र अन्य चर्चित मोडलसँग आलिया देखा पर्नुभएको थियो । उहाँ पेरिसको प्लेस डे ल’ ओपेरामा ‘वाक योर वर्थ’ कार्यक्रममा हिँड्नुभएको थियो ।
यसअघि आलियाले पेरिस फेसन विकमा आफ्नो डेब्युलाई लिएर उत्साह व्यक्त गर्नुभएको थियो । पहिलो जहिल्यै विशेष हुने उहाँको भनाइ थियो । आलियाले यसपटक गौरव गुप्ताले तयार पारेको पहिरन लगाउनुभएको थियो । यस वर्षको पेरिस फेसन विक सेप्टेम्बर २३ देखि सुरु भएर अक्टोबर १ सम्म रहनेछ ।
यसअघि आलियाले मेटगालामा पनि सौन्दर्य छर्नुभएको थियो । जहाँ उहाँको पहिरनदेखि सोन्दर्यको निकै चर्चा भएको थियो । त्यसैगरी, बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन पनि फेसन विकमा रातो पहिरनमा र्याम्पमा देखिनुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा