साउदी अरब । साउदी अरबको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापाले साउदी अरबको ९४ औं राष्ट्रिय दिवसको अवसरमा साउदीको केम्पिनस्की होटलमा बेक फेस्टको पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल हुनुभएको छ ।
उहाँको बेक फेस्ट अवलोकल गर्न आउने साउदी अरबलगायतका देशका नागरिकहरु दङ्ग परेर उहाँको प्रशंसा गरेका छन् । पेस्ट्रिका एक्जुकेटिभ सेफ सरोज थापाले साउदी सरकारले देशको छुट्टै पहिचानका साथ विश्वको सबैभन्दा शक्तिशाली देश बनाउनका लागि ल्याएको भिजन २०३० समेतको नयाँ क्रियसनमा छुट्टै कला दिई हामी सपना देख्छौं र पूरा गर्छौं भन्ने थिमका साथै ९४ मिटर लामो बिभिन्न प्रकारका केकहरु बनाउनुभएको थियो ।
उहाँका हातले बनाएका र निर्देशन अनुसार टिमले देखाएको यो कलाको अवलोकन गर्न आउनेहरुले खुलेर प्रंशशा गरेका थिए । उहाँको कला त्यो पनि नेपालीको छोरोले कहाँ सिक्यो भन्ने त्यहाँ उपस्थितको जिज्ञासा थियो ।
थापाले दर्जनौ फ्लेबरका केक र पेष्ट्रिलाई विभिन्न आकृती दिएर होटलको रेष्टुरेण्टका बोफेहरुमा प्रर्दशनमा राख्नुभएको थियो । केक र पेष्ट्रिका याबत आकृतीले सबैको मन लोभ्याएको थियो । उहाँले बनाएका केक र पेष्ट्रिका आकृतीको अवलोकन गर्दा छुट्टै संसारमा पुगेको अनुभव भएको उपस्थितहरुले बताउनुभएको थियो ।
विभिन्न देशका दर्जनौ होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ हुँदै साउदीको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सम्हाल्न साउदी पुगेका थापा सबैका प्रिय पात्र बन्नुभएको छ । नेपाली सेफ सरोज थापाले साउदीमा आफ्नो पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल भइरहनुभएको छ ।
यसअघि पनि क्रिसमस र अग्रेजी नयाँ वर्षको दिन उहाँले दर्जनौ फ्लेबरका केक र पेष्ट्रिका विभिन्न आकृती बनाउनुभएको थियो । सो अवसरमा केक खाने र फोटो खिच्नेको भिड नै लागेको थियो ।
पेस्ट्रि सेफ सरोज सिंह थापाको संक्षिप्त परिचय
थापा धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ मुलपानीमा मध्यम परिवारमा जन्मिनुभएको हो । स्कुल जिवनमा हस्तकला र चित्रकलामा बिरेन्द्र सिल पनि जितेका थापाले अहिले विश्व चर्चित पेस्ट्री सेफका कार्य सम्पादन गर्न निकै सहज साबित भएको बताउँनुहुन्छ । उहाँले राम्रो पेस्ट्री सेफ हुनका लागि कला अत्यन्त जरुरी रहेको बताउनुभएके छ ।
बाल्यकालदेखि नै कलामा सौखिन भएका कारण नै आज यो पेशामा आउन सहज भएको उहाँको भनाइ छ । २०५४ सालमा एसएलसि पुरा गरि राजधानी छिरेका उहाँले सरस्वती बहुमुखी क्यामपसबाट उच्च शिक्षा प्राप्त गर्नुभएको हो ।
दिनमा काम गरे रातमा क्याम्पस पढ्ने गर्नुभएका थापाले १२ कक्षासम्मको अध्ययन गर्नुभएको छ । अध्ययन गर्दै गर्दा कालीमाटीको एक आइसक्रिम पसलमा काम गरेको उहाँले जानकारी दिनुभयो । काम गर्दै पर्यटन र होटल व्यवस्थापनमा नेपाल एकेडेमी कलेजमा कुलिनरीमा डिप्लोमा पुरा गरि सांग्रिला होटलमा इन्टर्न शुरु गर्नुभएका थापा अहिले बिश्वमा चर्चित सेफ बन्न सफल हुनुभएको छ ।
होटल सांग्रिलामा इन्टर्न गर्ने क्रममा एक फ्रान्सेली पाहुनाले थापाको कार्यदक्षता देखेर निकै प्रशंशा गर्नुभयो र तुरुन्त उहाँलाई मानव संसाधन विभागले बोलाएर स्थायी स्टाफको रुपमा नियुक्ती दिलाएपछि उहाँको करिअरले एक महत्वपूर्ण टर्निङ गरेको थियो ।
होटल सांग्रिलामा आफ्नो कला देखाएका थापा केही समयपछि अवसरको खोजिमा दुबई पुग्नुभयो । दुबईमा धेरै होटेलमा अत्यन्त सफलता हासिल गरेका थापा अहिले थप अवसरको लागी साउदी अरवको केम्पिनस्की होटलमा पेस्ट्रिका एक्जुकेटिभ सेफका रुपमा बिगत ३ बर्षदेखी कार्यरत हुनुहुन्छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता