काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासनमार्फत् २० लाख ७५ हजार साधारण सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासन कार्यका लागि कम्पनीले एनएमबी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
आइतबार हुलास फिनसर्भ हायर पर्चेजतर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलतर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकता पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अघि बढाइने हुलास फिनसर्भ हायर पर्चेजका अध्यक्ष गोल्छाले जानकारी गराउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts