एजेन्सी । ९७औं एकेडेमी अवार्ड (अस्कर)मा भारतबाट चलचित्र ‘लापता लेडिज’ छनोट भएको छ । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औं एकेडेमी अवार्डका लागि भारतबाट ‘लापता लेडिज’ले प्रतिनिधित्व गर्ने भएको हो ।
फिल्म फेडरेशन अफ इण्डियाका सदस्यले ‘लापता लेडिज’ अस्करमा सिफारिश गरेका हुन् । ‘लापता लेडिज’ किरण रावको दोस्रो निर्देशकीय चलचित्र हो । उहाँले यो चलचित्रलाई आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउनुभएको थियो ।
चलचित्रमा रेलमा बेहुली परिवर्तन भएको कथा देखाइएको छ । यो चलचित्रको कथा र प्रस्तुतिलाई लिएर भारतमा ठूलो प्रशंसा भएको थियो ।
चलचित्रमा नितान्सी गोयल, रविन किशन, प्रतिभा रान्टा, स्पर्श श्रीवास्तव, छाया कदम, गीता अग्रवाल शर्मालगायत कलाकारको अभिनय छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा