बोगोटा । फिफा यू-२० महिला विश्वकपको उपाधि उत्तर कोरियाले जितेको छ । उसको यो तेस्रो उपाधि हो । सोमबार बिहान कोलम्बियाको बोगोटास्थित एल क्याम्पिन रंगशालामा भएको खेलमा जापानलाई १-० ले पराजित गर्दै उत्तर कोरियाले उपाधि जितेको छ ।
उत्तरको जितमा खेलको १५औँ मिनेटमा १७ वर्षीय चो इल-सोनको गोल नै निर्णायक बन्यो । चोलले गोल्डेन बल र गोल्डेन बुट पनि जित्नुभयो । उहाँले प्रतियोगितामा सर्वाधिक ६ गोल गर्नुभएको थियो ।
यससँगै उत्तर कोरियाले सर्वाधिक उपाधि जित्ने टोलीमा जर्मनी र अमेरिकासँग बराबरी गरेको छ । यसअघि उत्तर कोरिया सन् २००६ र २०१६ मा च्याम्पियन बनेको थियो । उत्तर कोरियाले अमेरिका र जापानले नेदरल्याण्ड्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । २४ देश सहभागी प्रतियोगिता ३१ अगस्टमा सुरु भई २२ सेप्टेम्बरमा सकिएको हो । एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा