जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

विजय रावत जुम्ला, संवाददाता

जुम्ला । जुम्लाका आठवटा स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएकाछन् । जिल्लाको हिमा, सिंजा, कनकासुन्दरी, पातारासी र चन्दननाथ नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।

साक्षर घोषणा गर्न तोकिएका १२ सूचकहरुपूरा भएपछि सिंजा गाउँ पालिकालाई साक्षर घोषणा गरिएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । सिंजामा ९६ दशमलव २ प्रतिशत नागरिक साक्षर रहेकाछन् । गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धितालले भन्नुभयो,“ जनगणनाअनुसार साक्षरता दर ६८ प्रतिशत भएपनि वडागत रुपमा संकलन गरिएको तथ्यांकले साक्षर पालिका घोषणायोग्य देखिएपछि पालिकालाई साक्षर घोषणा गरिएको छ । हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावनाहरु व्यक्त गर्न सक्ने जस्ता सूचकहरु पूरा भएपछि सिंजालाई साक्षर घोषणा गरिएको शिक्षा शाखा प्रमुख धितालको भनाइ छ । ”

हिमाको कुल १२ हजार ८ सय जनसंख्यामध्ये १२ हजार २५६ जना अर्थात् ९६ दशमलव ५ प्रतिशत नागरिक साक्षरछन् । शिक्षक, सामाजिक परिचालक र कर्मचारीहरु साक्षर नागरिकको तथ्यांक संकलनका लागि गाउँबस्तीमै पुगेर पालिकाको साक्षरदर सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको भनाइ छ ।

ADVERTISEMENT

चन्दनाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले कुल २१ हजार ३६ जनसंख्या रहेको नगरपालिकामा ९८ दशमलव ९१ प्रतिशत नागरिक साक्षर रहेको जानकारी दिनुभयो । गत साउन महिनामा १५ देखि ६० वर्षमुनिको जनसंख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने ३ सय ८० जनामात्रै भेटिएका थिए ।

उक्त व्यक्तिलाई साक्षर बनाएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको चन्दननाथ नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । पातारासीमा ९५ दशमलव २४ प्रतिशत नागरिक साक्षर रहेकाछन् । साक्षर घोषणा गर्न तोकिएका १२ मध्ये ६ वटा सूचक पूरा भएपछि साक्षरता घोषणा गर्न मिल्ने प्रावधानअनुसार स्थानीय तहलाई साक्षर घोषणा गरिएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।

यहाँको कनकासुन्दरी गाउँपालिका भित्रका ९७ प्रतिशत नागरिक साक्षर रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताउनुभयो । तोकिएका १२ सूचकहरुमध्ये ५० प्रतिशत सूचक पूराभएपछि साक्षर पालिका घोषणा गर्न मिल्ने ऐनअनुसार यहाँका स्थानीय तह धमाधम साक्षर घोषणा भइरहेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?