काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानको समस्या अध्ययन गर्न एक समिति गठन गर्नुभएको छ । आइतबार मन्त्रालयमा सरोकारवालाको सहभागितामा बसेको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागिता हुने गरी नौ सदस्यीय समिति गठन गर्नुभएको हो । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।
बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुने गरी कार्यदलले सुझाव दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरी स्वदेशी किसानका उत्पादनलाई प्राथमिकता दिने भए पनि मह किसानका तत्काल देखिएका समस्या समाधान गर्न जरुरी रहेको बताउनुभयो । समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढ्ने उहाँको भनाइ थियो ।
मह किसानले हाल मौज्दात रहेको २१ सय मेट्रिकटन मह बिक्रीको व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छ्न । मह आयात रोके पनि सिरफका रूपमा आयात भइरहेको भन्दै उनीहरूले मह आयातमा करवृद्धि गर्नुपर्ने, स्वदेशी मह बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्नेलगायतका माग राखेका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा