
भोजपुर । त्रिभुवन विश्व विद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसमा भाषा सम्पादनका लागि समिति गठन गरिएको छ ।
क्याम्पस प्रशासनले दुई सदस्यीय भाषा सम्पादन समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा नेपाली भाषाको विज्ञ उपप्राध्यापक बाबुराम ओझा र अंग्रेजी भाषा विज्ञ उपप्राध्यापक प्रकाश राई रहनुभएको दुई सदस्यीय समिति गठन भएको क्याम्पस प्रमुख भुलानाथ राईले आइतवार विज्ञप्ति प्रकाशित गर्दै सो कुरा उल्लेख गर्नु भएको छ । समितिले आगामी दिनमा क्याम्पस प्रशासनबाट सार्वजनिक हुने सूचना तथा गतिविधिहरुको भाषा सम्पादनको कार्य गर्ने छ ।
भाषिक शुद्धताको सुनिश्चितताको बिषय विज्ञतासँग सम्वन्धित भएकाले आगामी दिनमा क्याम्पसबाट तयार र प्रकाशन गरिने सवै खालका आधिकारिक कागजातहरुको भाषिक शुद्धता सुनिश्चितता गरिने विज्ञप्तिमा उल्लेख छ ।
क्याम्पसले शैक्षिक सत्र २०८१/०८२ को लागि स्नातक तह चौथो बर्षको सबै कक्षाको पठनपाठन मिति २०८१ असोज ६ गतेबाट सुरु गर्ने भन्ने बिषयको सूचना प्रकाशित गर्दा केही भाषिक त्रुटि देखिएपछि तत्काल क्याम्पस प्रशासनको बैठकले आगामी दिनमा भाषिक त्रुटि हुन नदिन गम्भीर भएर समिति गठनको निर्णय गरेको क्याम्पस प्रमुख राईले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच