सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा अस्पतालले आफ्नो सेवालाई गुणस्तरीय बनाउँदै लगेको छ । अस्पतालमा आजबाट मृगौला पीडित बिरामीहरुको लागि डायलासिस सेवा समेत शुरु गरेको हो ।
रिफर सेन्टरको रुपमा बदनाम कमाएको अस्पतालले पछिल्लो समयमा उपचार सेवामा उल्लेख्य सुधार गरेको छ । कुनै समय सामान्य बिरामीलाई समेत अन्य अस्पतालमा रिफर गर्ने गरको भनी स्थानियको आलोचना खेपेको अस्पतालमा सेवामा सुधारसँगै डायलासिस सेवा समेत पाएपछि बिरामीहरु खुशी भएका हुन् ।
अस्पतालमा हाल ५ वटा डायलसिस गर्ने उपकरण रहेका छन् । १ पटकमा ५ जना बिरामीलाई सो सेवा दिनको लागि १ जना डाक्टर र ३ जना तालिमप्राप्त नर्सले सेवा दिनेछन् एकजना मृगौला पीडितले हप्तामा कम्तिमा २ पटक डायलासिस गर्नैपर्छ । यसको लागि राजधानी काठमाडौंको महंगो अस्पतालमा पुग्नुपर्ने बाध्यता भने अब घटेको हो ।
अस्पतालमा हाललाई सो सेवा निशुल्क प्रदान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रमणी भण्डारीले बताउनु भयो।
-विजय नेपाल







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts