
काठमाडौं । मानिसमा यौनको उत्तेजना मनोवैज्ञानिक तरिकाबाट निस्कन्छ। जब यौनका बारेमा सोचिन्छ वा यौनक्रिया अगाडि हाम्रो सोचाइले मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीबाट उत्तेजनाको सुरुवात हुन्छ, तब हर्मोन सञ्चालन भई हाम्रो यौन अंगलाई उत्तेजित पारी पुरुष र महिलाका यौनांगबाट एक प्रकारको रस निस्कन्छ। जसले वंशाणुगत गुण सन्ततिमा सार्न सहयोग गर्छ र मानिसलाई उत्तेजित तथा आनन्दित बनाउँछ।
यौन मनको उत्तेजनामा सम्बन्धित हुने भएकाले खुसी हुँदा यौन इच्छा बढ्ने र चिन्ता पर्दा यौन इच्छा घट्ने हुन्छ।
यौन इच्छा नहुने समस्या पुरुष तथा महिलामा हुने एक जटिल समस्या हो। यौन इच्छा नहुँदा बाँझोपन पनि देखा पर्न सक्छ तर यौन इच्छा हुँदैन भन्ने कतिपय बिरामी अन्य रोगबाट पनि अदृश्य रुपमा पीडित भइरहेका हुन्छन्।
यौन उत्तेजना कम हुनुमा महिलाको उमेर, खानपान, मानसिक स्वास्थ्य र सम्बन्धको समयावधिमा भर पर्छ । अर्थात् जुन महिलाको जीवनशैली अनियमित छ र यौन जीवन स्वस्थ छैन, यौन रुचि र उत्तेजना कम हुन थाल्छ । विशेषगरी ५० उमेरकाे आसपास वा त्यसभन्दा बढी उमेरका महिलामा रजोनिवृत्तिका कारण पनि यौन उत्तेजनामा कमी हुने समस्या देखिन्छ ।
यौन सम्बन्ध राख्दा महिलाको योनीबाट प्राकृतिक रूपमा चिप्लो पानी आउँछ । यसको काम भनेको यौन सम्बन्ध कायम गर्न सहज गराउनु हो । तर रजोनिवृत्ति भइसकेका वा सो अवस्था नजिक रहेका महिलामा त्यस्तो पानी कम उत्पादन हुन्छ ।
योनी सुक्खा भएपछि यौन सम्पर्क पीडादायी हुन जान्छ । पीडादायी हुने डरले पनि यौन इच्छा कम हुन थाल्छ ।
यौन इच्छा नहुनुको कारण यौन जीवनको बारेमा कल्पना पनि नगर्नु हो । यस्तो अवस्थामा आफ्नो पार्टनरसँग यौन आनन्द लिन कुनै विकल्प वा समाधान खोज्न पनि मन नहुन सक्छ । यसको प्रभाव दम्पतीको दाम्पत्य जीवनमा देखिन्छ ।
यदि दम्पतीबीचको सम्बन्ध प्रगाढ छैन, आपसी असमझदारी छ भने त्यसको प्रभाव उनीहरुको यौन जीवनमा पर्छ । ठीक यसैगरी यौन जीवन सुमधुर नहुँदा उनीहरुबीचको भावनात्मक सम्बन्धमा पनि खल्लोपन महसुस हुन्छ । अर्थात् यी एकअर्कासँग अभिन्न रुपले जोडिएका छन् ।
यस्ता यौन समस्याले कसरी मानसिक स्वास्थ्यमा असर गर्छ भन्ने जान्नु भन्दाअघि यौन र मस्तिष्कबीचको सम्बन्धबारे जान्नु आवश्यक हुन्छ ।
महिलामा यौनको इच्छा कम हुने अवस्थालाई ‘फिमेल सेक्सुअल अराउजल डिसअर्डर’ भनिन्छ । यस्तो समस्या हुँदा महिलामा यौनको चाहनाले उत्तेजना अनुभव हुँदैन । त्यस कारण यसलाई हाइपोएक्टिभ डिसअर्डर पनि भनिन्छ ।
-पत्रपत्रिकाको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच