मकवानपुर । मकवानपुर प्रहरीले भन्सार छलि गरि ल्याएका लत्ताकपडा तथा सवारी साधनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सोमबार प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १५ स्थित रातोमाटे चेकपोष्ट स्थित सडकमा सुनसरीबाट हेटौंडातर्फ आउँदै गरेको बि आर 0५ जिडि १३४३ नम्बरको भारतीय ट्रकबाट भन्सार छलेर ल्याइएका १ करोड ३५ लाख बराबरको सामानसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ट्रकका चालक देश भारत, बिहार राज्य, जिल्ला मोतिहारी, थाना तुकालिया, पुर्वी चम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र सहचालक थाना बन्जरिया पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने १९ वर्षीया मुना मिया रहेका छन् ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी पुर्जी दिई निजहरुको शरीर तथा उक्त ट्रक समेतको खानतलासी गर्दा सो ट्रकमा जम्मा ३४५ बोरा आलुको भन्सार बिल काटेर सो ट्रकमा प्रति बोरा ५० किलोको दरले २६४ बोरा आलु राखी भित्री भागमा लुकाई छिपाई गरी जम्मा ७४ बोरा विभिन्न किसिममा तयारी कुर्ता, रोल सहितको सर्ट एंव पाईन्टको कपडाहरु ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
भारतीय ट्रक , ट्रकका चालक र सहचालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउँने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts