हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामाले मानव र वातावरण विच निकै घनिष्ठ सबन्ध रहेकोले बातवरण संरक्षणमा सबै मिलेर लाग्नु पर्ने बताउनु भएको छ ।
मङ्गलवार प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा हेटौडा उपमहानगरपालिका – ९ स्थित दिव्य बाल उद्यान बेतखोलसमा भएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले पछिल्लो समय वन जङ्गल विनाश हुने क्रम दिनप्रति दिन बढ्नाले मानवलाई प्रत्यक्ष असर गरिरहेको बताउँदै त्यसको संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको हो।
उहाँले पछिल्लो समय अव्यवस्थित बसोबास ,जंगलको भू-भाग अतिक्रमण,लगायत कुराहरूले वातावरणलाई प्रत्यक्ष असर गरिरहेको छ भने अर्कोतर्फ त्यसको प्रत्यक्ष असर मानव जातीले भोग्नु परेको बताउनुभयो ।
यस्तै कार्यक्रममा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री सुरज लामिछानेले वातावरण संरक्षणको निम्ति हाल भएका बनजंगलको संरक्षण गर्दे अन्य खाली क्षेत्रहरूमा वृक्षारोपण गर्दे जानुपर्ने बताउनुभयो। उहाँले बनजंगलमा वोट बिरुवा रहे मात्र मानव अस्तिव रहने बताए वाट विरुवाको विनास हुने क्रम रहे मानवातिको अस्तिवनै संकटमा रहेने बताउनुभयो ।
यस्तै कार्यक्रममा प्रदेशका वन तथा वातावरण मन्त्रालयका मन्त्री कृष्ण प्रसाद सिलवालले लामो समयपछि प्राप्त सङ्घीयता सहितको संविधान समावेशी रहेको बताउनुभयो । यस्तै उहाँले नागरिकलाई प्रत्यक्ष रूपमा अनुभव गर्ने गरी आएको संविधानले वडा-वडा सिंहदरबार र आफ्नै घर आँगनमा सरकार भएको अनुभूति दिलाएको बताउनुभयो ।
उहाँले सिंहदरबारको अधिकार वडा-वडामा आएको बताउँदै वडाबाटै धेरै काम सहज रूपमा जनताले गर्न पाएको बताउनुभयो । अहिले भएको संविधानले नेपाली जनताको आवश्यकता र औचित्यकै आधारमा धेरै मौलिक हकहरु समेत समावेश गरेर सुनमा सुगन्ध छरेको बताउनुभयो । यस्तै मन्त्री कृष्ण प्रसाद सिलवालले संविधान दिवसको अवसरमा मन्त्रालयले गरेको वृक्षारोपण कार्यक्रमले समाजलाई मानव र जगतविचको सम्बन्धलाई जोड्ने समेत विश्वास गरेको बताउनुभयो ।
प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस,२०८१ भव्यताका साथ मनाउने सन्दर्भमा मुख्यमन्त्री लामाको अध्यक्षतामा गत १८ गते बसेको बैठकको ३ दिन मनाउने निर्णय गरेको थियो । सोही अनुसार पहिलो दिन वृक्षारोपण र खेलकुदको कार्यक्रम भएको हो । वृक्षारोपण कार्यक्रममा प्रदेशका मन्त्रीहरू,सचिव,कर्मचारीहरूलगायतको सीथानिय जनप्रतिनिहरुको अतिथ्यता रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts