झापा । झापा मेचीनगर नगरपालिका १५ ज्यामिरगढीका युवा जयराम दाहालले आइल्याण्ड पिक हिमालको आरोहण गर्नुभएको छ । २७ वर्षीय दाहालले आज बिहान ९ः३० बजे सफल आरोहण गर्नु भएको हो ।
छ हजार १६५ मिटर उचाईको आइल्याण्ड पिक सोलुखुम्बु जिल्लाको सगरमाथा हिमाल क्षेत्रमा अवस्थित छ । सो हिमाल आरोहण गर्न दाहाल भदौ १९ गते त्यस तर्फ जानु भएको थियोे । आरोहण यात्रा सुरु गरेको १३ दिनपछि दाहाल सो हिमालको चुचुरोमा पुग्न सफल हुनुभएको हो।
दाहालसँगै हङकङका सिलोङ चान र होङ किटले पनि सो हिमालको सफल आरोहण गर्नुभएको छ । दाहाल आफू सो हिमालको चुचुरोमा पुगेको तस्वीर सञ्चारकर्मीलाई पठाउनु भएको छ ।






