
काठमाडौं । चलचित्र ‘अनौठो तिर्सना’ ओटिटी प्ल्याटफर्म अमेजन प्राइम भिडियोमा सार्वजनिक हुने भएको छ । निराजन प्रधान निर्देशित यो चलचित्र अमेजन प्राइम भिडियोमा रिलिज हुने पहिलो नेपाली चलचित्र समेत हो ।
हुन त यसअघि प्रियंका चोपडाद्वारा निर्मित नेपाली भाषाको चलचित्र ‘पाहुनाःद लिटर भिजिटर्स’ नेटफ्लिक्समा सार्वजनिक भएको थियो । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत पुगेको यो चलचित्रको निर्माण भने सिक्किममा भएको हो ।
नेपालमै नेपाली भाषामा निर्माण भएको ‘अनौठो तिर्सना’ भने अमेजन प्राइममा रिलिज हुने पहिलो चलचित्र हो । डेढ वर्षअघि सुटिङ भएको यस चलचित्रमा फरक फरक परिवारको कथा भनिएको छ ।
चलचित्रमा विजय बराल, नवीन न्यौपाने, महेश त्रिपाठी, एलिशा शर्मालगायत कलाकारको अभिनय छ । स्टोर्मक्रो प्रोडक्सन र स्टोर्मक्रो फ्रेमवर्कको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रका बाबुराम निरौलले लेख्नुभएको हो ।
सुरुवाति चरणमा अमेरिका, बेलायत र जर्मनीको टेरिटोरीभित्र रिलिज गरिने यस चलचित्र नेपालको हलमासमेत रिलिज गरिने कलाकार नवीन न्यौपानेले जानकारी गराउनुभयो । अमेजन प्राइममा चलचित्र आउँदो अक्टोबर ८ तारिखमा रिलिज हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच