नवलपरासी । पश्चिम नवलपरासीमा जिल्ला खानेपानी तथा सरसफाइ कार्यालय स्थापना भएको छ । लुम्बिनी प्रदेश सहकारी विकास तथा खानेपानी मन्त्रालय अन्तरगत खानेपानी तथा सरसफाइ कार्यालय आज आइतबार जिल्लामा पुनर्स्थापना भएको हो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नवलपरासीका अध्यक्ष देबिदत्त सापकोटाले जिल्लामा नै खानेपानी तथा सरसफाइको कार्यालय स्थापना भएपछि जिल्लाबासीलाई सेवा लिन सहज हुने बताउनु भयो । 'पटक पटक खानेपानी महासंघले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको पुनर्स्थापनाको माग गर्दै आएका थियौँ । अहिले कार्यालय स्थापना भए संगै कार्यालय स्थापना गर्ने हाम्रो माग पुरा भएको छ ।' पौडेलले भन्नुभयो ।
२०४५ साल देखि जिल्लामा रहेको डिभिजन कार्यालयले काम गर्दै आइरहेकोमा २०७५ सालदेखि जिल्ला कार्यालयको सेवा बन्द भएको छ ।जिल्लाको कार्यालय बन्द भएपछि बुटवलको योगिकुटीमा रहेको डिभिजनबाट नवलपरासीका खानेपानी संस्थालाई हेर्दै आइरहेको थियो । जिल्लामा नै कार्यालय स्थापना भएपछि स-साना कामका लागि पनि रुपन्देही र दाङ धाउन पर्ने बध्याता हटेको अध्यक्ष सापकोटाको भनाइ छ । 'जिल्लामा कार्यालय नहुँदा प्रदेश सरकार मातहत रहेको खानेपानी तथा सरसफाइ सस्थासङ्ग सम्बन्धि सासाना कार्य र योजनाका लागि रुपन्देही वा दाङ (मन्त्रालय) धाउनु पर्ने अवस्था रहेकोमा अब जिल्लाबाट काम हुने हुँदा आम उपभोक्तहरु खुसी छौं ।' अध्यक्ष सापकोटाले भन्नुभयो ।
डिभिजन कार्यालय जिल्लामा नहुँदा जिल्लामा भरिका करिव ८५ वटा सम्पन्न आयोजनाहरु सेवा विहीन भएको सापकोटाको भनाइ छ । हाल जिल्लाबाट सञ्चालित खानेपानी सरसफाइ उपभोक्ता सस्थाहरुबाट २९ हजार घरपरिवारले पानी पिउनु भएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता