✍️ अरुणबहादुर खत्री ‘नदी’
यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रूपमा मानिन थालिएको छ । सभ्यता, संस्कृति, जीवन, जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हात हालेका स्थापित लेखक पनि यस विधाप्रति आकर्षित भइरहेका छन् । प्रतीक ढकालको त्यो उज्यालो कर्णाली नामक नियात्रा सङ्ग्रह २०७८ सालमा प्रकाशित भएको छ । यस कृतिभित्र जुम्लामा पाइलो टेकेको दिन, गोठीज्यूलाको शुभकामना, गमगढीको पहिलो रात, मुगुभित्रको अर्घाखाँची, चैनागाउँका छायानागलगायत विभिन्न शीर्षकको २० वटा नियात्रा छन् ।
जुम्लामा पाइलो टेकेको दिन शीर्षकको नियात्राभित्र सानो जहाज । धेरै मिहिनेत नै नगरी फुत्त आकाशियो र उत्तरको बाटो फक्रियो । आकाशमा त कति सुविस्ताको बाटो । न त धुलो र धुँवा न त खाल्डाखुल्डी नै । शून्यमा बाटो बनाउँदै उड्दैछ हवाईजहाज । दुई महिनासम्म टिक्ने दीर्घजीवी कालोपत्रे र ठूलै युद्धको तयारीसहित टेण्डर बुझाउन जानुपर्ने काम त जमिनको सडकमा मात्र हुने रहेछ भनेर ढकालले लेखेका छन् ।
यो कृति कर्णाली अञ्चलभित्रका विभिन्न ठाउँमा भ्रमणका अनुभूति सँगालेर तयार पारिएको छ । नियात्राका आफ्ना केही विशिष्टता हुन्छन् । नियात्रा यात्राका अनुभूतिहरू जोडेर तत् ठाउँको वर्णन र विवरणलाई कलाका माध्यमले शब्दमा खिचेर साहित्यिक रूपमा व्यक्त गरिने संयुक्त विधा हो ।
गोठीज्यूलाको शुभकामना शीर्षकभित्र उनको जीवनमा उदाएको जुम्लाको पहिलो बिहान सफा र छ्याङ्ग खुलेको छ । नित्यकर्मको समाप्तिपछि उठेर एकछिन होटलकै प्राङ्गणमा ढकाल घुमेका छन् । त्यतै गएका बेला किचनमा पसेर ब्रेकफाष्ट स्वरूप उनले केही खाएँ । र यो महँगो होटलमा किन बसिरहने भन्ने सोची झोलासमेत बोकेर उनी बजारतिर लागे ।
उनको यो कृति कर्णाली अञ्चलभित्रका विभिन्न ठाउँमा भ्रमणका अनुभूति सँगालेर तयार पारिएको छ । नियात्राका आफ्ना केही विशिष्टता हुन्छन् । नियात्रा यात्राका अनुभूति जोडेर तत् ठाउँको वर्णन र विवरणलाई कलाका माध्यमले शब्दमा खिचेर साहित्यिक रूपमा व्यक्त गरिने संयुक्त विधा हो । आँखाले पढेको हृदयभन्दा मनले भेटेको शब्द बढी प्रभावकारी हुन्छ यात्रामा । प्रस्तुत नियात्राकृति स्रष्टाले देखेको भोगेको यथार्थ पनि हो । प्रस्तुत कृतिमा स्रष्टा ढकालले आफूले देखेको, भोगेको र अनुभूति गरेको यथास्थितिलाई प्रस्तुत गरेका छन् । साथै यस सङ्ग्रहभित्रका नियात्राहरूमा जीवनबोध, जीवनको मौलिक परिभाषा र जीवनको कटु सत्यसँग आत्मसात पाइन्छ ।
मुगुभित्रको अर्घाखाँची शीर्षकको नियात्रामा गुल्मीको रिडीबजारभन्दा अलिकतिमाथि पुगेपछि ट्रक बिग्रियो । बनाउन भनेर ड्राइभर र खलाँसी खुरुन्धार लागेका लाग्यै थिए तर ट्रक बन्दै बनेन । अहिले बन्ला, भरे बन्ला भनेर पर्खदापर्खँदै साँझको ५ बज्नै लाग्यो भनेर उनले लेखेका छन् । चैनागाउँका छायानाट शीर्षकको नियात्रा पढ्दा बाटो उकालो छ । दाहिनेतिर थुम्कैलो पहाड छ र देब्रेतिर बाटोमुनि पातलो वस्ती छ । निके पर पुगेपछि क्याम्पसको ठूलै भवन देखियो । सुनियो, स्नातक तहसम्मको पढाइ हुन्छ रे । मलाई किन किन असाध्यै खुशी लाग्छ । यस्ता दुर्गम ठाउँहरूमा क्याम्पस खुलेको देखेपछि भनेर लेखिएको छ ।
पाइला ओरालिएपछि शीर्षकको नियात्रामा बाडाको खास स्वरूप, यस्तै पटुकी त हो बाटो भन्नु नै तस्वीरहरू राखिएका छन् । बाडाको मूल रूप यस्तो भए पनि अचेल चाहिँ फरक परेको देख्न पाइन थालिएको छ । घरहरू अलगअलग भए पनि गाउँको समानार्थी शब्दको रूपमा पनि बाडाको प्रयोग हुन थालेको पाइन्छ अचेल । तिमीसँगै नाचेर छिनाउँछु शीर्षको नियात्रामा मान्मबाट हिँडेको केहीबेरमा सेरिघाट आइपुगियो फलामे पुल तरेर । अनि फलामको दोहोरो बार भएको फलामे पुलबाटै तिलानदी तरेर अब क्रमशः उकालिँदैछौँ । कालिकोटको यात्रा गरिरहँदा मलाई सरिता अर्यालको उत्तम शान्ति पुरस्कारद्वारा सम्मानित नियात्रा कृति मेरो अपहरणको याद आइरहेको छ भनेर ढकालले लेखेका छन् ।
नियात्रा साहित्य पछिल्लो समय नेपाली साहित्यमा धेरै लेखिने विधामध्ये पर्छ । नियात्रा कृतिको चाङ्मा अर्को नियात्रा कृति थपिनु साहित्यमा दृष्टिले त्यति महत्वपूर्ण होइन तर त्यो नियात्रा कृतिले ल्याएको पृथकता र स्तरीयताले भने समग्र नेपाली साहित्यकै लागि महत्वपूर्ण स्थान राख्छ ।
नेपालको कर्णाली क्षेत्रलाई हामीले जहिले पनि दुर्गमता, अविकास र पछाडि परेको भूगोलको रूपमा मात्र बुझ्यौँ । यतिमात्र होइन अन्धविश्वास, कूरीति, रोग, शोक, भोकमरी र अशिक्षाको एकलौटी साम्राज्य फैलिएको अँध्यारो ठाउँका रूपमा बुझ्यौ । हाट भर्ने स्याल शीर्षकको अन्तिम नियात्रामा कुनै समय दुल्लु पुगेकै थिएँ म पनि । तर त्यो बेला यो कीर्तिखम्बाका बारेमा थाहै थिएन र हेरिएनछ । भनौ न यो क्षेत्रका बारेको अध्ययन नै नगरी फुत्त हिँडिएछ र यस्तो हुन पुग्यो भनेर ढकालले लेखेका छन् । रारामाथि डेढघण्टा शीर्षकभित्र हामीजस्ता दर्जामा रहेका मानिसहरूले दर्जालाई होइन बरू पिरामिडको सबैभन्दा फेदीमा रहेर यी दर्जाहरू उत्पादन गर्ने आधार प्रदान गर्ने भुइँका मान्छेलाई कदर गर्न सिक्नु वेश हुन्छ होला मेजरसाब । यो त निश्चित नै छ कि दर्जा त भोलि हामी कसैको पनि हुन्न भनेर लेखिएको छ ।
नियात्रा साहित्य पछिल्लो समय नेपाली साहित्यमा धेरै लेखिने विधामध्ये पर्छ । नियात्रा कृतिको चाङ्मा अर्को नियात्रा कृति थपिनु साहित्यमा दृष्टिले त्यति महत्वपूर्ण होइन तर त्यो नियात्रा कृतिले ल्याएको पृथकता र स्तरीयताले भने समग्र नेपाली साहित्यकै लागि महत्वपूर्ण स्थान राख्छ । नियात्राकार ढकालले यस नियात्राकृतिले पनि परम्परित नियात्रा लेखनभन्दा पृथक् रहेर केही नवीन प्रयोगहरूलाई आत्मसात् गरेको छ । नियात्राकार स्वयम् नियात्राको नायक हुने हुनाले नियात्राकारको वैयक्तिक स्वभाव र रुचिको प्रभाव नियात्रामा पर्नु स्वाभाविक नै हो । आजको समयमा यात्रा बृत्तान्तका लेखहरू देखिन थालेका छन् कतै निबन्धको रूपमा भेटिन्छन् भने कतै घुमन्ते कथाको रूपमा । पाठक आफूले नटेकेको ठाउँ, आफ्नो आँखाले नदेखेको दृष्य लेखकको वर्णनबाट त्यहाँ पुग्नसक्ने र देख्न सक्ने रहेछ । सबैले सबै ठाउँ घुम्ने र देख्ने कुरा पनि सम्भव हुँदैन । त्यसैले यात्रा वृत्तान्त पढ्दा आफैं त्यो ठाउँ पुगेजस्तो लाग्नु स्वाभाविकै हो ।
यात्राले पाठकलाई त्यही पुर्याउन सकिने गर्भिलो भावना उमार्दो रहेछ । नेपाली साहित्यको निबन्ध विधामा पर्ने यो यात्रा वृत्तान्त सबै पाठकले पढ्नै पर्छ । यसमा लेखकको आफ्नै अनुभूति स्वाद छ उनको निजी भावना जताततै छरिएको छ । लेखनशैली स्वतन्त्र छ । उनका यात्राहरू रोचक र रसिला छन् । यात्राहरू पेचिला र पुष्टकारी प्रतीत छन् । अन्त्यमा समग्र रूपमा भन्नुपर्दा यस कृतिले नेपाली साहित्यमा महनीय स्थान लिएको छ । यस्तै अन्य कृतिहरू पढ्न पाइरहने अपेक्षा गर्दछु । त्यो उज्यालो कर्णाली शीर्षकको प्रतीक ढकालद्वारा लेखिएको यो पुसतकको प्रकाशक शिखा बुक्स हो । यो यसको प्रथम संस्करण हो जुन २०७८ श्रावणमा सार्वजनिक भएको थियो । यसको मूल्य ३६५ रुपैयाँ छ भने यसमा २४४ पृष्ठ छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता