काठमाडौं । चौथो संस्करणको स्पाइनी ब्याब्लर चलचित्र महोत्सव सम्पन्न भएको छ । स्पाइनी मुभिज प्रा.लि.को आयोजनामा काठमाडौंमा एक विशेष समारोहबीच उक्त महोत्सव सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तराष्ट्रिय विधामा ११ वटा गरी कुल २२ वटा विधामा अवार्ड प्रदान गरेकोे थियो । यस संस्करणको लागि नेपालका अलवा भारत, दक्षिण अफ्रीका, अष्ट्रिया, फ्रान्स, संयुक्त राज्य अमेरिका, श्रीलंका, अफगानिस्तान, डेनमार्क, हङ्कङ, आयरल्याण्ड, मोरक्को, ओमान, पाकिस्तान, रसिया, स्पेन, स्विडनलगायत १७ वटा देशका ९५ भन्दा बढी पिचर लेन्थ, सर्ट लेन्थ, डकुमेन्ट्रीलगायत चलचित्रहरूको सहभागिता थियो । एरा प्रोडक्सन प्रा.लि.ले व्यवस्थापन गरेको उक्त कार्यक्रमको निर्देशक कमला जोशी हुनुहुन्छ ।
संस्थाका अध्यक्ष डा.हुस्नेद आजादको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा गायक रुद्र शेखर शर्मा, पत्रकार अशेष अधिकारी, संगीतकार दीपक शर्मा, पत्रकार विष्णु सुवेदी, गीतकार गोविन्द भट्ट, छायांकार राजन खरेल र कोरियोग्राफर सन्दीपकुमार भुजेल सम्मानित हुनुभएको थियो । चलचित्र निर्देशक माधवराज खरेल निर्णायक प्रमुख रहेको उक्त फेस्टिभल कार्यक्रममा अन्तर्राष्ट्रिय निर्णायक सदस्यहरूतर्फ अभिनेता केदारप्रसाद घिमिरे, (नेपाल) चलचित्रकर्मीहरू अमोल भगत (भारत), शहादत रसोल बंगलादेश, म्याग्डोलिना कोभ्पास (बेलायत) र सन्तोष सुवेदी (नेपाल) रहनुभएको थियो । राष्ट्रियतर्फका निर्णायक सदस्यमा छायांकार रविन आचार्य, निर्देशक जीवन थापा, गायिका सरिता भारती, प्रध्यापक यादव गिरी, कलाकार/निर्माता ज्याक श्रेष्ठ, ड्रेस डिजाइनर दिलमाया मगर रहनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय क्याटेगोरीतर्फ निर्देशक लक्ष्मण सुनाले चलचित्र ‘बुलाकी’बाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्नुभएको थियो भने चलचित्र ‘सतिदेबी’बाट मल्लिका महतले अभिनय र लक्ष्मण सुवेदीले लेखन विधामा अवार्ड हात पार्नुभएको थियो । त्यस्तै चलचित्र ‘नम्बरी’मार्फत संगीतकार सन्तोष श्रेष्ठले सर्वोत्कृष्ट संगीतकारको अवार्ड र जुरी मेन्सन अवार्ड निर्माता नरेश खातीले प्राप्त गर्नुभयो । निर्देशक पूर्णबाजी ज्यापुले नेपाल भाषाको चलचित्र ‘हिसिमती’मार्फत सर्वोत्कष्ट कल्चरल चलचित्रको अवार्ड प्राप्त गर्नुभयो भने लघु चलचित्रतर्फ सर्वोत्कष्ट अभिनेताको अवार्ड चलचित्र ‘परिवर्तन’मार्फत अभिनेता प्रभण भुसालले प्राप्त गर्नुभयो । त्यस्तै लघु चलचित्रतर्फ नै चलचित्र ‘छायाँ’बाट सार्वेत्कृष्ट निर्देशक दिनेश कार्की, ‘सीमा’बाट सर्वोत्कृष्ट छनायांकार सुजेश थापा, ‘अन्तर्वाता’बाट सर्वोत्कृष्ट निर्देशक जुरी मेन्सन अवार्ड प्रशन्न माली र ‘होएर आइ एम’बाट सर्वोत्कृष्ट मेकअप आर्टिष्ट निर्मला चन्दले प्राप्त गर्नुभएको थियो ।
कार्यक्रममा इन्टरनेशनल क्याटेगोरीतर्फ सर्वोत्कृष्ट चलचित्र ‘रेड’ रौनक विक्रम (नेपाल)लाई, सर्वोत्कृष्ट जुरी स्पेशल मेन्सन अवार्ड चलचित्र ‘लेट्स हाइड इट इन हिएर’ (साउथ अफ्रिका)लाई सर्वोत्कृष्ट स्पाइरेशन अवार्ड चलचित्र रोमाद (ओमान)लाई सर्वोत्कृष्ट छायांकार चलचित्र ‘रन फर युआर लाइफ’ (डेनमार्क)लाई सर्वोत्कृष्ट स्कृष्ट ‘द जब’ (अमेरिका)लाई सर्वोत्कृष्ट छायांकार जुरी स्पेशल मेन्सन अवार्ड चलचचित्र ‘ला डेर डेस डेर’ (फ्रान्स)लाई सर्वोत्कृष्ट इन्फरमेटिभ्स अवार्ड चलचित्र ‘अ टाउन वालेड’ १९९५(आयरल्याण्ड)लाई सर्वोत्कृष्ट हिस्टोरिकल अवार्ड चलचित्र ‘ड्रिम्स अफ द पाष्ट’ (रसिया)लाई सर्वोत्कृष्ट इन्टरटेनिङ अवार्ड चलचित्र ‘जिगोलो’ (अष्ट्रिया)लाई सर्वोत्कृष्ट इमोसनल अवार्ड चलचित्र ‘इष्टेल’ (स्पेन)लाई र सर्वोत्कृष्ट डकुमेन्ट्री अवार्ड चलचित्र अक्रोश ‘द हिमालय’ (स्वीडेन)लाई प्रदान गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts