इलाम । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता एवं पुर्वअर्थमन्त्री इन्द्र आङ्बोले कोशी प्रदेश क्रिकेट खेलको हब बन्ने बताउनु भएको छ ।
शुक्रवार कोशी प्रादेशिक क्रिकेट संघको तेर्सो साधारणसभा उदघाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अहिलेको क्रिकेटले लिएको लय र प्ररिणामलाई टिकाई राखेर निरन्तरता दिन सके कोशी प्रदेश क्रिकेटको हब बन्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘राज्यले कम लगानी गरेको भएपनी क्रिकेटले ठूलो उपलब्धि हासिल गरेको छ । राज्यले थप लगानी गर्ने हो भने क्रिकेटले थप प्ररिणाम मुखी नतिजा निकाल्ने छ।'
यस्तै उहाले कार्यक्रममा बोल्दै खेल पुर्वाधार निर्माणमा कोशी प्रदेश सरकारको ध्यानाकर्षण गर्ने बताउनुका साथै खेल क्षेत्रको बिकासमा आफू निरन्तर लागिरहने बताएका छ्न ।
कोशी प्रादेशिक क्रिकेट संघको तेस्रो साधारण सभा शुक्रवार बाट सुरु भएको हो । इलामको पर्यटकीय क्षेत्र अन्तुमा भदौ २८ गते देखि जारी साधारण सभा भदौ २९ गते समापन हुने कोशी प्रादेशिक क्रिकेट संघका सचीव टिकाराम पुरीले जानकारी दिनुभयो ।






