काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै नयाँ युगको आरम्भ नामक विशेष योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाखसम्म जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।
नकिन्दै पाँच लाखसम्म जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ । साथै हरेक सप्ताह शतप्रतिशत क्यासब्याक जित्ने अवसर पनि रहेको छ । कम्पनीले जीवनभरका लागि वारेन्टीसाथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टरबिनाको इजी फाइनान्स उपलब्ध गराउने भएको छ ।
टिभिएसले ‘मेरो साथी’ एपमार्फत् बुकिङ सेवा, स्पेयर पार्ट्स अर्डरदेखि लिएर टिभिएससँग जोडिन र विशेष अफरबारे सूचना प्रदान गर्ने सम्पूर्ण सुविधा उपलब्ध गराउने जनाएको छ ।






